मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अरविन्दको बायोपिक फिल्मको ट्रेलर रिलिज

एजेन्सी, मुम्बई, 2017/10/26
 
आम आदमी पार्टीका संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको जीवनमा आधारित भएर निर्माण भएको फिल्मको ट्रेलर सार्वजनिक भएको छ । यो फिल्मको नाम ‘एन इन्सिग्निफिकेन्ट म्यान’ हो । खुशबू रान्का र विनय शुक्लाले निर्देशन गरेको यो एक नन-फिक्शनल पोलीटिकल फिल्म हो, जसमा सामाजिक कार्यकर्ताबाट राजनेता बनेका अरविन्द केजरीवालको भारतीय राजनीतिकको कहानी देखाइएको छ । 
 
वाइस डकुमेन्ट्री फिल्मसका कार्यकारी निर्माता, जेसन मोजिकाले भनेका छन्, “मैले ‘एन इन्सिग्निफिकेन्ट म्यान’ टोरन्टो इन्टरनेशनल फिल्म फेस्टिवल २०१६ मा  हेरेको थिएँ र मलाई लाग्यो कि यो फिल्म मार्शल करीको ‘स्ट्रीट फाइट’ पछि जमिनी राजनीतिमाथि बनेको सबैभन्दा राम्रो डकुमेन्ट्री फिल्म हो ।”
 
यो फिल्मबाट केन्द्रीय फिल्म प्रमाणन बोर्ड (सीबीएफसी)का पूर्व अध्यक्ष पहलाज निहलानी खुसी थिएनन् । उनले ‘एन इन्सिग्निफिकेन्ट म्यान’ निर्माण गर्नका लागि फिल्मका निर्मातालाई प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीका पूर्व मुख्यमन्त्री शीला दीक्षित र अरविन्द केजरीवालबाट आपत्ति नभएको प्रमाणपत्र (एनओसी) ल्याउनका लागि भनेका थिए । अन्तमा फिल्म प्रमाणन अपीलीय न्यायाधिकरणले फिल्मलाई स्वीकृत दियो । यो फिल्म १७ नोभेम्बरमा प्रदर्शन हुँदैछ । 
 

ट्रेलर हेर्नुहोस् :-