मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कालोपोथी’ र ‘घामपानी’लाई विशेष चलचित्र अवार्ड

फिल्मीखबर, काठमाण्डौ, 2017/10/26
 
चलचित्र विकास बोर्डले प्रत्येक वर्ष वितरण गर्ने विशेष चलचित्र अवार्डबाट यसपटक फिल्म ‘कालोपोथी’ र ‘घामपानी’ सम्मानित भएका छन् । बुधवार बोर्ड कार्यालय चावहिलमा आयोजित एक कार्यक्रमका बिच चलचित्र विकास बोर्डका अध्यक्ष रामचन्द्र ढकालले दुई नेपाली फिल्मलाई विशेष चलचित्र अवार्ड वितरण गरे । अवार्डसँगै दुई फिल्मलाई अंग्रेजीमा सबटाइटल गर्नका लागि दुई-दुई लाख रुपैयाँ पनि प्रदान गरिएको छ । 
 
विशेष चलचित्र छनौट समितिका कार्यक्रम संयोजक उत्तम केसीका अनुसार, २०७३ सालभित्र सेन्सर पास भएकामध्ये ३७ वटा फिल्मको मुल्यांकन गरिएको थियो । ती मध्येबाट विशेष चलचित्रको मापदण्डअनुसार ‘कालोपोथी’ र ‘घामपानी’ उत्कृष्ट ठहरिएका कारण अवार्ड प्रदान गरिएको हो । अवार्ड ग्रहण गर्न ‘घामपानी’का निर्देशक दीपेन्द्र लामा उपस्थित भएका थिए भने ‘कालोपोथी’का निर्देशक मीन बहादुर भाम अनुपस्थित थिए । 
 
‘घामपानी’ अन्तरजातिय प्रेमकथामा निर्माण भएको फिल्म हो । यस्तै, सपना साकार पार्नको लागि दुई मित्रले कालोपोथीको अण्डा बेचेर पैसा जम्मा गर्ने क्रममा पोथी हराएपछि उनीहरुको जीवन मोडिएको प्रशंगमा फिल्म ‘कालोपोथी’को कथा आधारित छ ।