मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘ऐश्वर्य’ सोलो रिलिज, कमाउला ऐश्वर्य ?

फिल्मीखबर, काठमाण्डौ, 2017/10/26
 
फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागि वर्षको प्रतिक्षीत फिल्म ‘ऐश्वर्य’ सोलो रिलिज भएको छ । यो फिल्मसँग जुध्न अन्य कुनैपनि नेपाली फिल्म प्रदर्शनमा आएका छैनन् । तर, मल्टिप्लेक्समा भने गएको हप्ता प्रदर्शनमा आएका बलिउडका दुई ठूला फिल्म 'सिक्रेट सुपरस्टार' र 'गोलमाल अगेन'सँग ‘ऐश्वर्य’ले भिडन्त गर्नु पर्नेछ । 
 
केही सिंगल हलमा 'रुद्रप्रिया' र 'रानी' पनि प्रदर्शन भैरहेका कारण यो फिल्ममाथि नेपाली दुई र बलिउड दुई फिल्मसँग खरो उत्रनु पर्ने चुनौती छ । शुक्रवारमात्र फिल्म प्रदर्शन गर्नु पर्ने प्रावधान भएपनि आज बिहीवार छठ पर्वको बिदा भएका कारण ‘ऐश्वर्य’ले आफ्नो प्रदर्शन सुरु गरेको हो । काठमाडौंका मल्टिप्लेक्समा फिल्मको अग्रिम बुकिङ राम्रो छ । 
 
'तिमी रोएको पल' बोलको गीतबाटै प्रतिक्षामा रहेको फिल्मको ट्रेलरले झन दर्शकमा उत्सुकता थपेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । फिल्मका लेखक तथा निर्देशक दीवाकर भट्टराई हुन् । 
 
सुदीप बरालले खिचेको यो फिल्ममा रमेश उप्रेती, प्रशान्त ताम्राकार, दीपिका प्रसाई, केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, केशव भट्टराई, विकास खतिवडा लगायतका कलाकारहरुको अभिनय छ ।