मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

संकटमा मलिनाको फिल्मी करिअर

मनिष अन्जान, काठमाण्डौ, 2017/10/25
 
नेपालमा मिस नेपालको फिल्मी यात्रा खासै सुखद देखिएको छैन । प्रथम मिस नेपाल रुवी राणादेखि सुमी खड्का, झरना बज्राचार्य, माल्विका सुव्वा, जेनिशा मोक्तानसम्मको फिल्मी यात्रा त्यति राम्रो भएन । मिस नेपाल सृष्टि श्रेष्ठको भने अन्यको तुलानामा केही राम्रो मानिन्छ । सृष्टि अभिनित फिल्म 'गाजलु' हिट भएपछि नेपाली फिल्ममा उनको डिमाण्ड निकै बढेको छ । 
 
तर, जति फिल्म खेल्दा पनि सफलता हात पार्न नसकेकी एक नायिका हुन्, मलिना जोशी । सन् २०११ मा मिस नेपालको ताज शिरमा पहिरिएकी मलिनाको फिल्मी यात्रा भने 'कुम्भकरण' जस्तो भएको छ । अभिनय गरेका फिल्मको संख्या जोड्ने हो भने उनले 'ऋतु', 'लिला', 'संरक्षण', 'द विनर', 'झुम्की 'र 'रानी'सहित ६ फिल्ममा काम गरिसकेकी छिन् ।
 
मिस नेपाल भएका कारण फिल्ममा उनको डिमाण्ड हुनु स्वभाविक हो तर लगातार आफू अभिनित फिल्म फल्प हुँदा अहिले मलिनाको फिल्मी करिअर संकटमा परेको छ । अभिनय गरेको पहिलो फिल्मदेखि अहिलेसम्म एउटा फिल्मले पनि राहत नदिँदा मलिनाको हाल यतिबेला बेहाल छ । यस वर्षमात्र उनी अभिनित तीन फिल्म प्रदर्शनमा आए, 'संरक्षण', 'लिला' र 'रानी' । उनलाई सबैभन्दा ठूलो आश थियो फिल्म 'रानी'माथी । तर, कनैपनि फिल्मले दर्शकलाई 'बासमती चामल'को स्वाद पस्कन सकेनन् ।  
 
नायक अनुप विक्रम शाहीसँगको प्रेम सम्बन्धका कारण पनि केही वर्ष चर्चामा रहेकी मलिना अहिले अमेरिकामा छिन् । राम्रो ब्यानर र बलियो कथावस्तु छान्न नसक्नु नै मलिनाको फिल्मी यात्रा ओरालातर्फ गुड्नुको मुख्य कारण हो । सधै फल्प फिल्मले मात्र काखी च्याप्दा मलिनामाथी एउटा आरोप पनि खुब लाग्दै आइरहेको छ, उनी गुणस्तरमा भन्दापनि संख्या बढाउन फिल्ममा काम गरिरहेकी छिन् । 
 
लगातार ६ वटा फल्प फिल्म आफ्नो नाममा दर्ता गराएकी मलिनालाई अब आफ्नो करिअर चम्किलो बनाउन एउटा हिट फिल्मको आवश्यक छ । आशा गरौं, मलिनाले अब फिल्मको गुणस्तरमा ध्यान दिनेछिन् र आफ्नो हिट नायिका बन्ने सपना पुरा गर्नेछिन् ।