मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२०१९ को ईद पनि सलमानले गरे ‘बुक’

एजेन्सी, मुम्बई, 2017/10/25
 
२०१९ को ईद पनि सलमान खानले आफ्नो नाममा गरेका छन् । बलिउड सुपरस्टार सलमान खानको नयाँ फिल्म ‘भारत’ सन् २०१९ को ईदमा रिलिज हुने भएको छ । अली अब्बास जफरको निर्देशनमा बन्ने यो फिल्ममा सलमान मुख्य भूमिकामा देखिँदैछन् । 
 
यो फिल्म सन् २०१४ मा प्रदर्शन भएको दक्षिण कोरियामा बनेको फिल्म ‘ओड टू माय फादर’ को आधिकारिक रूपान्तरण हो । जसमा १९५० मा भएको कोरियाको युद्धको समयमा हंगनमलाई खाली गराउन गरिएको घट्ना र एउटा आम मानिसको जीवनको माध्यमबाट सन् १९५० देखि अहिलेसम्मको आधुनिक कोरिया इतिहास देखाइएको छ । 
 
फिल्ममा नर्स र अवयस्कलाई ६० को दशकमा पश्चिम जर्मनी तथा वियतनाम युद्धमा पठाइएको सरकारको फैसलाको बारेमा पनि बताइएको छ । यो फिल्म अतुल अग्निहोत्रीद्वारा निर्मित हो । अतुलले बर्लिन फिल्म महोत्सवको क्रममा यो दक्षिण कोरिया फिल्मको स्क्रिनिङमा देखाएर यसलाई राजनीतिक विषयवस्तुको रुपमा भारतीय दर्शकले रोजेका थिए ।  
 
अग्निहोत्रीले भने, ‘‘भारत’ त्यो फिल्मबाट प्रेरित छ तर यो भारतीय परिदृश्यको नजिक हुनेछ ।’ सलमान खानले योभन्दा अगाडि जफरको फिल्म ‘सुल्तान’ र नयाँ फिल्म ‘टाइगर जिन्दा है’ मा काम गरिसकेका छन् । ‘टाइगर जिन्दा है’ २२ डिसेम्बरमा रिलिज हुँदैछ । ‘भारत’ को सुटिङ भारतको पञ्जाब र दिल्लीसँगै अबुधाबी र स्पेनमा पनि हुनेछ ।