मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘सकस’ गीतमा काठमाडौंको चित्र (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/10/25
 
कात्तिक २४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘सकस’को शिर्ष गीत सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले फिल्ममा समावेश ‘सकस’ बोलको शिर्ष गीत सार्वजनिक गरेको हो । गीतको भिडियोले काठमाडौंमा हुने अपराधिक घट्नालाई देखाउन खोजेको छ । गीतमा चेतन सापकोटाको स्वर र संगीत छ । 
 
दोभान फिल्मस् प्रा.लि.को ब्यानरमा अक्कल सिंह प्रस्तुतकर्ता रहेको ‘सकस’का निर्माता सुन्दर श्रेष्ठ, हेमराज बस्नेत र खगेन्द्र डागी हुन् । फिल्ममा हिमाल केसीको द्धन्द्ध, चेतन सापकोटाको संगीत, गौतम राज खड्काको सम्पादन, कृष्ण श्रेष्ठको छायाँकन रहेको छ । 
 
राजधानीमा फस्टाउँदै गएको गुण्डागर्दीको कथावस्तुमा आधारित यो फिल्मलाई द्वन्द्व निर्देशक एनवी महर्जनले निर्देशन गरेका हुन् । विल्सन विक्रम राई, सुन्दर श्रेष्ठ, महिमा सिलवाल, सुष्मा कार्की, रविन्द्र खड्का, श्याम राई लगायतका कलाकारहरुको फिल्ममा अभिनय रहेको छ । यो फिल्मको कथा मौनत श्रेष्ठको हो । 
 

गीत हेर्नुहोस् :-