मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

फेक फेसबुकले तनाबमा पूजा

फिल्मीखबर, काठमाण्डौ, 2017/10/25
 
'प्रेमगीत' अगाडि दर्शकमाझ क्लिक हुन नसकेकी नायिका पूजा शर्मा अहिलेकी सर्वाधिक चर्चित नायिका हुन् । 'प्रेमगीत'ले नसोचेको सफलताको सिढी चढाएपछि पछिल्लो समय पूजाको फ्यान फलोइंग गज्जबको देख्न सकिन्छ । रिल होस वा रियल, चुलबुले नायिकाको रुपमा चिनिएकी पूजा अभिनित तथा निर्मित फिल्म 'म यस्तो गीत गाउँछु' यसै वर्ष प्रदर्शनमा आएको थियो । 
 
अभिनयसँगै फिल्म निर्माणमा पनि सफलता हासिल गरेकी पूजा चाँडै 'म यस्तो गीत गाउँछु २' को काममा व्यस्त हुँदैछिन् । तर, केहीदिन यता आफ्नो फ्यानका कारण पूजा निकै तनाबमा देखिएकी छिन् । सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्टाग्राममा एउटा स्टार कलाकारलाई उनका प्रशंसकले कुरा गर्न खोज्नु, विभिन्न जानकारी प्राप्त गर्न खोज्नु सामान्य हो । तर, आफ्ना 'भगवान' भनिएका फ्यानले नै फेक फेसबुक आईडी बनाएर गलत काम गर्न थालेपछि कलाकारको भोक-निन्द्रा उड्न थालेको छ । 
 
केहीदिन अगाडि नायक पल शाहको फेक फेसबुकबाट बाढी पीडितको नाममा आमोद भट्टराईले पैसा ठगि गरेको कुरा बाहिर आएको थियो । नायिका पूजा शर्मा पनि आफ्नो नाममा बनाइएका फेक फेसबुक आईडीका कारण यतिबेला राम्रै तनाबमा छिन् । कतै पल शाहको जस्तै आफ्नो नाममा बनेका फेक फेसबुकबाट पनि ठगि धन्दा त हुने होइन ? पूजालाई अहिले यही कुराले खुब सताएको छ । 
 
 
फेसबुकमा पूजा शर्माको नाम सर्च गर्दा झण्डै २ दर्जन बढी फेक फेसबुक आईडीहरु भेटिन्छन् । तर, ती कुनैपनि पूजाका वर्जिनल फेसबुक होइनन् । पूजा भन्छिन्, ‘आफ्नो सक्कली परिचयले जे गर्नुहोस, गुनासो होईन तर मेरो नाम जोडेर मेरै नाममा आईडी बनाएर अबैधानिक बाटो प्रयोग नगर्न सबैमा सल्लाह दिन्छु । तत्काल मेरो नाममा बनाईएका आईडी र पेज बन्द गरिदिनु हुन अनुरोध छ । यदी यसो नगरे (प्रहरी प्रशासन) ‘अपराध अनुसन्धान महाशाखा’ पुगेर साईबर क्राईममा म उजुरी दिन बाध्य हुनेछु ।’ 
 
हुनत, पूजाको मात्र होइन नेपालका धेरै सेलिब्रेटीको नाममा थुप्रै फेक फेसबुक आईडीहरु बनेका छन् । फेक आईडीबाट अनेकथरी फोटो पोस्ट गर्ने, अश्लिल कमेन्ट गर्ने, विभिन्न व्यक्तिहरुलाई फ्रेन्ड रिक्वेस्ट पठाउने र विभिन्न बहाना बनाएर ठगि गर्ने भएका कारण आफ्ना असल प्रशंसकलाई सर्तक रहन पूजाले आग्रह गरेकी छन् ।