मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आर्या’मा शिल्पा हिरोइन

फिल्मीखबर, काठमाण्डौ, 2017/10/25
 
छविराज प्रोडक्शनको आश र भरोसाकी नायिका शिल्पा पोखरेल नयाँ फिल्ममा अनुवन्धित भएकी छिन् । असोज ११ गतेबाट पोष्टपोन्ड भएर आफू अभिनित तथा निर्मित फिल्म 'मंगलम' फागुन ४ गते पुगेपछि यो बीचमा उनले ‘आर्या’ नामक फिल्ममा अभिनय गर्न लागेकी हुन् । बुधवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको शुभ मुहर्त गरियो । 
 
लक्ष्मण सिटौलाद्वारा लिखित चर्चित कृति ‘आर्या’मा आधारित भएर निर्माण हुन लागेको फिल्ममा शिल्पा मुख्य भूमिकामा देखिन लागेकी हुन् । श्री तिमिल्सिना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई उपेन्द्र तिमिल्सिनाले निर्देशन गर्दैछन् । शिल्पाका अलावा फिल्ममा अनुपविक्रम शाही, रवि गिरी, सुशिल पोखरेल, गीता अधिकारी, निरञ्जन शर्माकोको पनि मुख्य भूमिका रहनेछ ।
 
धर्मराज श्रेष्ठ निर्माता रहेको फिल्मको छायांकन काठमाण्डौ र काठमाण्डौ बाहिरका विभिन्न स्थानमा हुने निर्माणपक्षले बताएको छ । नेपाली नारीमाथि राणाकालमा भएको यौनशोषण र ज्यादतीको कथामा ‘आर्या’ आधारित छ । फिल्मलाई दिव्यराज सुवेदीले खिच्नेछन् भने राम सिटौलाको संगीत रहनेछ ।