मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

आनालाई को फाप्यो, अनमोल कि आशिरमान ?

फिल्मीखबर, काठमाण्डौ, 2017/10/24
 
चिन्नुहुन्छ नायिका आना शर्मालाई ? नायक अनमोल केसी अभिनित फिल्म 'जेरी'बाट नेपाली रजतपटमा भित्रिएकी आना युवा पुस्तामाझ परिचित अनुहार हुन् । अनमोल केसीको लोकप्रियताले 'जेरी' हिट हुँदा आनालाई ठूलो सफलता मिल्यो । फिल्म 'जेरी' रिलिजताका अनमोलसँग आनाको प्रेम रहेको हल्ला पनि नचलेको होइनन् । तर, दुवैले यो स्वीकार गरेनन् । 
 
अहिले आनाको नाम सोनाम छिरिङ शेर्पासँग जोडिएको छ । यो कति सत्य र कति झुट हो त्यो भने भोलीका दिनमा नै थाहा होला । 'जेरी'पछि आनालाई संभावना बोकेको नायिकाको रुपमा हेरिएको थियो । उनको अभिनय र सुन्दरताका लाखौ फ्यान पनि भए । तर, उनलाई ठूलो धक्का दियो फिल्म ‘ग्याङस्टार ब्लूज’ले । अनमोल केसीको नामबाट छुटकारा पाउन आनाका लागि यो फिल्म हिट हुन आवश्यक थियो तर ‘ग्याङस्टार ब्लूज’ले उनको करिअर नै संकटमा पारेको छ । 
 
‘ग्याङस्टार ब्लूज’मा नायक आशिरमान देशराज श्रेष्ठको मुख्य भूमिका थियो । फिल्ममा आनाभन्दा आशिरमान हाबी थिए । आशिरमानलाई अनावश्यक रूपमा हिरो बनाउन खोज्दा आना छाँयामा परिन् । फिल्म हिट भएको हुन्थ्यो भने आनालाई धेरथोर राहत पक्कै मिल्ने थियो तर त्यो हुनबाट पनि चुक्यो । आना, पहिलो फिल्मबाट हिट नायिका त बनिन् तर दोस्रो फिल्मको बतासले उनलाई नराम्रोसँग लडाएको छ । 
 
अब बहस यो सुरु भएको छ कि आनाका लागि अनमोल केसी नै बेष्ट हुन् । जस्तै भएपनि अहिलेको अवस्थामा अनमोलको नामले मात्र पनि फिल्मले करोड कलेक्सन गर्ने गर्छन् । के अब फेरि आनालाई अनमोल नै आवश्यक परेका हुन् ? आशा गरौं– 'जेरी'को सिक्वेल बन्यो भने अनमोल र आनाको जोडी फेरि पर्दामा हेर्न पाइनेछ ।