Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालमा कति सान्दर्भिक ‘रुद्रप्रिया’को कथा ?

फिल्मीखबर, काठमाण्डौ, 2017/10/24
 
नेपालीहरुको महान पर्व तिहारलाई लक्षित गर्दै दुई नेपाली फिल्म प्रदर्शनमा आए, 'रुद्रप्रिया' र 'रानी' । यी दुई फिल्मसँग बलिउडका दुई फिल्म 'सिक्रेट सुपरस्टार' र 'गोलमाल अगेन'ले पनि नेपाली हलमा प्रदर्शन आरम्भ गरे । मल्टिप्लेक्समा 'रुद्रप्रिया' र 'रानी'लाई बलिउडका दुई फिल्मले ठूलो धक्का दिएका छन् । 'रानी'को व्यापार कमजोर छ भने 'रुद्रप्रिया'ले सिंगल हलमा ठिकठाक विजनेश गरिरहेको छ । 
 
आज हामी यो प्याकेजमा फिल्म ‘रुद्रप्रिया’ले उठाएको कथावस्तुको विषयमा कुरा गर्दैछौ । फिल्मले नेपाली समाजमा घटिरहेको निकै गहन विषय उठाएको छ । एसिड आक्रमणमा परेकी एक महिला र उसले जिन्दगीमा भोगेको कथालाई फिल्ममा उठान गरिएको छ । फिल्मले युवा पुस्ताका दर्शकलाई हलसम्म ल्याउन नसकेपनि मानवअधिकारकर्मी तथा बौद्धिक वर्गको भने ‘रुद्रप्रिया’को कथावस्तुले ध्यान खिचेको छ । 
 
‘रेखा फिल्मस्’ बाट महिला प्रधान फिल्म बनाउँदै आएकी रेखाले ‘रुद्रप्रिया’मा पनि त्यसलाई निरन्तरता दिएकी छिन् । समाजसँग जुध्ने र समाजभित्रै उत्पीडनमा परेर बस्ने महिलाको दुई रुपलाई फिल्मले देखाउन खोजेको छ । नेपालको सन्दर्भमा फिल्मले उठाएको कथावस्तु सान्दर्भिक छ । फिल्मलाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् । फिल्मका कार्यकारी निर्माता रमेश एमके पौडेल हुन । 
 
फिल्ममा राजनराज सिवाकोटी, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ । सञ्जय लामा फिल्मका छायाँकार हुन् । रेखा फिल्मसको ब्यानरमा निर्माण भएको रेखा थापा प्रस्तुकर्ता रहेको फिल्म ‘रुद्रप्रिया’लाई रेखाकी आमा सरस्वती थापाले निर्माण गरेकी हुन् । यो फिल्ममा रेखा र आर्यनका अलावा राजन इशान, विश्व बस्नेत लगायतका कलाकारहरु पनि अभिनय छ । 
Most Visited News (monthly)