Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘गोलमाल’को पाँचौं सिक्वेल पनि बन्ने

फिल्मीखबर, काठमाण्डौ, 2017/10/24
 
यतिबेला ‘गोलमाल अगेन’ले बक्स अफिसमा धमका मच्चाइरहेको छ । वर्षको सबैभन्दा ठूलो ओपनिङ मिलेको यो फिल्मको पाँचौं सिक्वेल पनि निर्माण हुने भएको छ । न्यूमरोलोजिस्ट संजय बी जुमानीले सोसल मिडियामार्फत यस विषयमा ठूलो खुलासा गरेका छन् । उनका अनुसार, फिल्मको नाम 'फिर गोलमाल' हुन सक्छ ।  
 
‘गोलमाल’को पाँचौं सिक्वेलमा करीना कपूरको इन्ट्री हुने भारतीय मिडियाले बताएका छन् । रोहित शेट्टीले नै ‘गोलमाल’को पाँचौं सिक्वेलको निर्देशन गर्नेछन् । ‘गोलमाल’को पहिलो भाग रोहितले २००६ मा बनाएका थिए । पहिलो भाग हिट भएपछि उनले 'गोलमाल रिटर्न्स' २००८ मा बनाए । २०१० मा ‘गोलमाल’को तेस्रो भागपछि बनाएका रोहितले ७ वर्षपछि यसको चौँथो पार्ट लिएर आएका हुन् । 
 
यो बलिउडको पहिलो फिल्म हो, जसको चौँथो पार्ट बनेको छ । 'गोलमाल अगेन'मा अजय देवगन, परणीति चोपडा, अरशद वारसी, तुषार कपूर, कुणाल केमू, श्रेयस तलपडे, जोनी लीवर, सञ्जय मिश्रा, मुकेश तिवारी, वृजेश हिरजीको मुख्य भूमिका छ । 
Most Visited News (monthly)