मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपेन्द्रको सक्रियतामा ‘धुर्मुस-सुन्तली’ फाउण्डेशनलाई सहयोग

फिल्मीखबर, काठमाण्डौ, 2017/10/24
 
रौतहटका बाढी पीडितहरुका लागि एकीकृत नमूना वस्ती निर्माण गर्न लागेको ‘धुर्मुस-सुन्तली’ फाउण्डेशनलाई युकेबाट सहयोग प्राप्त भएको छ । सोमवार युकेमा रहेको ‘नेपाली भाषा सांस्कृतिक केन्द्र’ र ‘बन्दथोक नेपाली समाज युके’ले २ हजार ३ सय ९१ पाउण्ड इस्ट्रेलिङ्ग फाउण्डेशनलाई हस्तान्तरण गरिएको छ ।
 
युकेका संस्था प्रतिनिधि राजन फुयाँल र निर्देशक दीपेन्द्र के. खनालले ‘धुर्मुस-सुन्तली’ फाउन्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेलाई चेक हस्तान्तरण गरेका थिए । स्थलगत अध्ययन तथा अवलोकन पश्चात फाउण्डेशनले जिल्लाको चन्द्रपुर नगरपालिका-८ स्थित सन्तपुर दलित बस्तीमा ‘एकीकृत नमूना सन्तपुर वस्ती’ निर्माण गर्ने लगाएको हो ।
 
सन्तपुर दलित बस्तीमा अहिले ४५ परिवारका २८० जनाको संख्या बसोवास रहेको छ । वस्तीमा माझि, दुसाद, लोहार, मुसहर र हजाम जातजातिहरुको बसोवास रहेको छ । वषौंदेखि गरिवीको चपेटामा परेका उनीहरुको अवस्था बाढीका कारण पुरै घर डुवानमा परेपछि अत्यन्तै नाजुक बनेको छ ।