मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

केकीले घोषणा गरिन् ‘कोहलपुर एक्सप्रेस’, को-को छन् कलाकार ?

फिल्मीखबर, काठमाण्डौ, 2017/10/23
 
नायिका केकी अधिकारीले फिल्म निर्माणमा हात हालेको पहिलो फिल्म ‘कोहलपुर एक्सप्रेस’को निर्माण घोषणा गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरियो । 'स्वर' फिल्मबाट नेपाली रजतपटमा भित्रिएकी केकीको यो फिल्मलाई म्यूजिक भिडियो निर्देशक विशाल भण्डारीले निर्देशन गर्दैछन् । 
 
कात्तिक १३ गतेबाट छायांकन सुरु हुने फिल्ममा निर्मात्री केकी आफै मुख्य भूमिकामा छिन् । केकीका अलावा फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । केकीको होम प्रोडक्शन हाउस 'जुनकिरी आर्टस्' बाट निर्माण हुने यो फिल्ममा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र काली प्रसाद बाँस्कोटाको संगीत सुन्न सकिनेछ । 
 
फिल्मको निर्माण घोषणा कार्यक्रममा बोल्दै केकीले ‘कोहलपुर एक्सप्रेस’ आफ्नो लागि ड्रिम प्रोजेक्ट रहेको बताइन् । उनले भनिन्, ‘मैले जब फिल्म बुझेँ तबदेखि नै फिल्म निर्माण गर्न निकै मन थियो । ‘कोहलपुर एक्सप्रेस’बाट त्यो सपना पुरा भएको छ । एउटा राम्रो फिल्म दर्शकमाझ लिएर आउने अठोटका लागि ‘कोहलपुर एक्सप्रेस’ बनाउँदैछु ।’ फिल्मको सम्पूर्ण छायांकन बाँके जिल्लामा हुनेछ । 
 
 
केकीसँगै भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई पनि फिल्मका निर्माता हुन् । शान बस्नेतको कथा, अर्जुन तिवारीको छायांकन, लोकेश बज्राचार्यको सम्पादन, गम्भिर विष्टको नृत्य रहने यो फिल्मले तीन यूवतीको कथा भन्नेछ । केकी र प्रियंका उपस्थित पत्रकार सम्मेलनमा ऋचा भने स्वास्थ्य अवस्था केही विग्रिएका कारण उपस्थित हुन सकिनन् । 
 
तश्वीर : सरोज गिरी