मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ट्राफिक प्रहरीलाई ‘फाटेको जुत्ता’को सहयोग

फिल्मीखबर, काठमाण्डौ, 2017/10/23
 
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न कात्तिक १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘फाटेको जुत्ता’को युनिटले सहयोग गरेको छ । सोमवार महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं डीआईजी सर्वेन्द्र खनालसँग भेट गर्दै निर्माता अर्जुन कुमारले ट्राफिक व्यवस्थापनमा आवश्यक पर्ने सामाग्री हस्तान्तरण गरे । 
 
निर्माता अर्जुनले ३५ वटा ट्राफिक साइन बोर्ड, ‘गो’ र ‘स्टप’ लेखिएका बोर्ड प्रदान गरेका हुन् । डीआईजी सर्वेन्द्र खनालले ‘फाटेको जुत्ता’ टिमबाट प्राप्त सामाग्रीको सही सदुपयोग गर्ने विश्वास दिलाए । यस्तै, निर्माता अर्जुन कुमारले राजधानीको ट्राफिक व्यवस्थापन गर्न आफूले सानो सहयोग गरेको बताए । 
 
अर्जुन कुमारको निर्माण र निकेश खड्काको निर्देशनमा बनेको ‘फाटेको जुत्ता’ मा प्रियंका कार्की, सौगात मल्ल, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
 
फिल्मका गीतमा प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र राजिव समरको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको छ । फिल्ममा नायक दयाहाङ राई र नायिका वर्षा राउत केमियो भूमिकामा छन् ।