मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रभासको जन्मदिनमा ‘साहो’ फर्स्टलुक रिलिज

एजेन्सी, मुम्बई, 2017/10/23
 
साउथ सुपरस्टार प्रभासको प्रतिक्षीत फिल्म ‘साहो’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । आज परेको प्रभासको जन्मदिनको अवसर पारेर फिल्मको निर्माण टिमले ‘साहो’को पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा प्रभासले आधा अनुहार पछ्यौराले छोपेका छन् । यो फिल्ममा प्रभास र श्रद्धा कपूरको मुख्य भूमिका छ । 
 
दोहोरो भूमिकामा रहेकी श्रद्धासँगै फिल्ममा बलिउड अभिनेता नील नितिन मुकेश, मन्दिरा बेदी, चंकी पाण्डे, ज्याकी श्राफ र महेश मान्जरेकरको पनि अभिनय छ । ‘साहो’को बजेट १५० करोड बताइएको छ । यो फिल्म तेलुगू, तमिल र हिन्दीमा रिलिज हुनेछ । सुजीतले निर्देशन गर्ने ‘साहो’ एक थ्रिलर सस्पेन्स फिल्म हो । फिल्मले एक योद्धाको कथा बोल्नेछ । 
 
प्रभासको जन्मदिन 
 
आजबाट साउथका सुपरस्टार प्रभास ३८ वर्षका भएका छन् । १९७९, अक्टोबर २३ मा जन्मिएका प्रभासलाई राजामौलीको फिल्म 'बाहुबली' र 'बाहुबली २' ले स्टार बनाएको हो । २००२ मा तेलगु फिल्म 'इश्वर'बाट फिल्मी करिअर सुरुवात गरेका प्रभास वर्षमा एउटा मात्र फिल्म गर्ने गर्छन । उनले फिल्मी करिअरको १४ वर्षमा १९ वटा फिल्ममा मात्र काम गरेका छन् । 
 
इन्जिनियरको अध्ययन गरेका प्रभासलाई अभिनेता बन्ने चाहना थिएन । उनलाई बलिउडका शाहरुख खान र सलमान खान निकै मन पर्छ । उनले 'वर्धन', 'छतरपैथी', 'चक्रम', 'बिल्ला', 'डार्लिंग', 'मिस्टर परफेक्ट' र 'मिर्ची' जस्ता फिल्ममा अभिनय गरेका छन् । 'मिर्ची'मा निर्वाहा गरेको भूमिकाका लागि प्रभासले राज्य पुरस्कार, सर्वश्रेष्ठ अभिनेताको नन्दी पुरस्कार प्राप्त गरेका छन् ।