Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

खुलासा : रजनीकान्तका लागि आमिरले छाडेका थिए ‘२.०’

एजेन्सी, मुम्बई, 2017/10/22
 
बलिउडका मिस्टर परफेक्शनिस्टको नामबाट परिचित आमिर खान अहिले आफ्नो होम प्रोडक्शनबाट निर्मित फिल्म 'सीक्रेट सुपरस्टार'का कारण चर्चामा छन् । यो फिल्म तिहारलाई लक्षित गर्दै १९ अक्टोबरबाट प्रदर्शनमा आएको छ । फिल्म प्रदर्शन भैरहँदा पनि आमिर प्रमोशनमा हिँड्न छाडेका छैनन् । 
 
हालैमा आमिरले फिल्म प्रमोशनको क्रममा एक अन्तर्वार्ता दिँदै रजनीकान्तसँग जोडिएको विषयमा सबैलाई चकित बनाउने खुलासा गरे । आमिरका अनुसार, रजनीकान्तको प्रतिक्षीत फिल्म ‘२.०’  का लागि पहिला उनलाई अप्रोच गरिएको थियो । कोमल नहाटाको च्याट शोमा आमिरले भने, ‘रजनी सरको स्वास्थ्य अवस्था त्यसबेला राम्रो थिएन । उहाँले फिल्मका डाइरेक्टर शंकरसँग मलाई यो रोल अफर गर्न भन्नुभएछ ।’  
 
आमिर अगाडि भन्छन्, ‘रजनी सरले मलाई आफैले फोन गरेर फिल्म गर्न आग्रह गर्नुभएको थियो । तर, मैले रजनी सरको फिल्मलाई न्याय गर्न सक्छु भन्ने लागेको थिएन । मैले फिल्म अस्वीकार गरे । फिल्मको स्त्रिप्ट निकै राम्रो थियो । मलाई विश्वास छ फिल्मले बक्स अफिसमा धमका मच्चाउँछ । तर, म जब आँखा बन्द गर्दथेँ तब रजनी सरलाई मात्र देख्थेँ ।’ 
 
‘म आफूलाई उक्त भूमिकामा देख्न नै सकिरहेको थिइँन । मबाट इमोशनली यस्तो भैरहेको थिएन । इमोशनली जब म फिल्मको कुनै सीनको बारेमा सोच्दथेँ तब रजनी सर मात्र देखिनुहुन्थ्यो । मैले शंकरलाई भने कि यो मबाट हुँदैन । यो भूमिकामा म मात्र रजनी सरलाई ‘इम्याजिन’ गर्दछु । म उहाँलाई रिप्लेस गर्न सक्दिन ।’, आमिरले भने । 
Most Visited News (monthly)