.jpg)
लक्ष्मी पूजाको दिनबाट देशव्यापी प्रदर्शनमा आएको वर्षको प्रतिक्षीत फिल्म ‘रुद्रप्रिया’ले बक्स अफिसमा सुखद ओपनिङ गरेको छ । फिल्मले प्रदर्शनको तीन दिन अर्थात्, बिहीवार, शुक्रवार र शनिबार सुखद व्यापार गरेको निर्माणपक्षले बताएको छ । काठमाण्डौका मल्टिप्लेक्समा भने फिल्मको व्यापार औसत छ ।
फिल्मीखबर डटकमसँग कुराकानी गर्दै रेखाले भनिन्, 'फिल्मको तीन दिने कलेक्सन रिपोर्ट आज साँझसम्म आईपुग्छ होला । काठमाडौंका मल्टिप्लेक्समा फिल्मको व्यापार खासै राम्रो छैन तर आजबाट दर्शक बढ्नेमा विश्वस्त छौ । सिंगलमा भने फिल्मले दर्शकको राम्रो साथ पाएको छ । मलाई सधै फिल्मले कति कमायो भन्दापनि दर्शकले हाम्रो मिहिनेत मन पराए वा पराएनन् भन्ने कुराको चासो रहने गर्छ । फिल्म हेरेका दर्शकहरुले ‘रुद्रप्रिया’ मन पराएका छन् ।'
५० बढी हलहरुबाट प्रदर्शन सुरु गरेको ‘रुद्रप्रिया’ ले राजधानीका गोपीकृष्ण, गुण, गंगा, अष्टनारायणजस्ता मध्यम वर्गीय दर्शकको चाप रहने हलमा पकड जमाएको छ । सुदिप बबी भूपाल सिंह निर्देशित फिल्मलाई कतिले राम्रो बोलेका छन् भने कतिपय दर्शकले अझै सोचेअनुसार नपाएको गुनासो पोखेका छन् ।
नेपाली फिल्म 'रानी' र बलिउडका दुई फिल्म 'सिक्रेट सुपरस्टार' र 'गोलमाल अगेन'सँग भिडिरहेको ‘रुद्रप्रिया’को लाइफटाइम कलेक्शन आइतबारदेखिको व्यापारमा भर पर्नेछ । यो फिल्ममा रेखा थापा, आर्यन सिग्देल, राजन इशान, विश्व बस्नेत लगायतका कलाकारहरुको अभिनय छ ।

