Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो रह्यो सेलिब्रेटीको भाई टिका (फोटोकथा)

फिल्मीखबर, काठमाण्डौ, 2017/10/22
 
हिन्दुहरुको महान पर्ब शुभ दिपावली (यमपञ्चक)को पाँचौ दिन अर्थात् भाईटिका नेपाली फिल्मका कलाकारले पनि रमाइलो ढंगले सेलिव्रेट गरेका छन् । कतिपयले तिहार मनाएनन् भने मनाउने जतिले आफ्ना दाजुभाइ तथा दिदीबहिनीबाट माला र टिका लगाए । सेलिब्रेटीहरुले भाईटिकाका तश्वीरहरु सामाजिक सञ्जाल फेसबुक, ट्विटर तथा इन्स्ट्राग्राममा पोष्ट गरेका छन् । 
 
 
युवा पुस्तामाझ लोकप्रिय नायक अनमोल केसीले दिदी काजोलबाट भाई टिका ग्रहण गरे भने नायिका विपना थापाले भाई सन्दिपजंग कुँवरलाई टिका लगाइन् । रेखा थापाले किरन थापा र चन्द्र गौतमलाई टिका लगाइन् भने प्रियंका कार्कीले स्क्रिप्ट राईटर शान बस्नेतलाई टिका लगाएको फोटो फेसबुकमा अपलोड गरेकी छिन् । 
 
 
यस्तै, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो भाईलाई टिका लगाइन् । साम्राज्ञीले भाईले खुट्टा ढोग्दै गरेको तश्वीर फेसबुकमा राखेकी छिन् । नायिका नीता ढुंगानाले भने यसपटक भाई टिका लगाउन नपाएको भन्दै फेसबुकमा तश्वीर राखेकी छिन् । 
 
 
नायक सरोज खनालले दिदीको हातबाट भाई टिका लगाए भने शिल्पाले विकास रौनियालाई टिका लगाइन् । यी बाहेक दीपकराज गिरी, पल शाह, भुवन केसी, स्वेता खड्का, केकी अधिकारी, रीमा विश्वकर्मा, आँचल शर्माले पनि भाई टिका लगाउँदै गरेको तश्वीरहरु फेसबुकमा पोष्ट गरेका छन् । 
 
Most Visited News (monthly)