मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सिंह अफ किङ’को सिक्वेलमा रणवीर ?

एजेन्सी, मुम्बई, 2017/10/21
 
अक्षय कुमारको हिट फिल्म 'नमस्ते लन्डन'को सीक्वल 'नमस्ते क्यानडा'मा अर्जुन कपूरलाई अनुवन्धित गरिएको छ । यस्तै, अर्को हिट फिल्म 'सिंह अफ किङ'को सिक्वेलमा पनि अक्षयको ठाउँ अर्कै अभिनेताले लिने भएका छन् । 'किङ इज किङ २' का लागि रणवीर सिंह मुख्य भूमिकामा हुन सक्ने भारतीय मिडियाले बताएका छन् । 
 
मिड-डेको रिपोर्ट अनुसार, शैलेन्द्रसँग जब फिल्मको मुख्य कलाकारको बारेमा सोधियो तब उनले रणवीर हुन सक्ने संकेत दिए । शैलेन्द्रले भने, 'रणवीर सिंहमा एक भूमिका न्यापूर्वक निर्वाहा गर्न सक्ने योग्यता छ । मैले करीब एक महिना अगाडि 'सिंह इज किङ'को सिक्वेलको कथा सुनाएको थिएँ । उनलाई कथा मन परेको छ ।' 'सिंह इज़ किङ'का निर्माता शैलेन्द्र सिंहले २००८ मा आफ्नो फिल्मको टाइटलमाथी नयाँ फिल्म बनाउने घोषणा गरेका थिए । 
 
उनले अगाडि भने, 'म विपुल शाहसँग निकै समयदेखि भनिरहेको थिए कि उक्त टाइटल मलाई दिनुहोस् तर उहाँले हाम्रो फिल्ममा भाग लिने इच्छा देखाउनु भएन । त्यसपछि मैले कुनै नयाँ नामबाट फिल्म बनाउने सोच बनाएँ । तर, 'सिंह इज ब्लिङ' नामबाट पनि फिल्म बनिसकेको छ । यसैले मैले सोचे कि यस्ता नामहरुले दर्शकलाई कन्फ्यूज बनाउन सक्छ ।'