मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

एलिजाको ‘अनुराग’मा पल होइन समुन्द्र भित्रिए

फिल्मीखबर, काठमाण्डौ, 2017/10/20
 
पत्रकार ऋषि धमालकी मोडल श्रीमती एलिजा गौतमले निर्माण र अभिनय गर्न लागेको फिल्म ‘अनुराग’ यतिबेला विभिन्न कारणले चर्चामा छ । फिल्म निर्माण घोषणाको समयमा मोडल दीपक घिमिरे मुख्य भूमिकामा रहने फाइनल भएको थियो । तर, केहीदिन अगाडि मात्र दीपकले फिल्मबाट हात झिके । दीपकपछि एलिजासँग सलोन बस्नेतले रोमान्स गर्ने चर्चा चल्यो । सलोनले पनि फिल्म गर्न मानेनन् । 
 
सलोन हुँदै फिल्मको अफर नायक पल शाहसम्म पुग्यो । पलले १८ लाख पारिश्रमिक मागेपछि ‘अनुराग’ टिमले फेरि नयाँ हिरो खोज्यो । छठपछि फ्लोरमा जाने फिल्मका लागि एलिजाले बल्ल नयाँ नायक भेटेकी छिन् । अब ‘अनुराग’मा एलिजासँग नव-नायक समुन्द्र पण्डितले रोमान्स गर्ने पक्का भएको छ । लक्ष्मीपुजाको अवसर पारेर ‘अनुराग’ टिमले दक्षिणकाली पुगेर स्क्रिप्ट पुजा गर्‍यो ।
 
करीब १ करोड बजेटमा निर्माण हुने फिल्मको छायांकन काठमाडौं, पोखरा र इलामा हुनेछ । फिल्ममा एलिजा र समुन्द्रका अलावा सरोज खनाल, रुपा राना, निर्मल शर्मा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्मका निर्देशक सत्यराज चौलागाई हुन् । 
 
फिल्ममा रामकुमार केसीको छायांकन, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र अगत केसीको पटकथा तथा संवाद रहेको छ ।