Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

करणले मानेनन् काजोलको छोरालाई हिरो बनाउन

एजेन्सी, मुम्बई, 2017/10/20
 
बलिउडको सर्वाधिक हिट फिल्म ‘कभी खुशी कभी गम’ त तपाईहरुलाई याद नै होला । यो फिल्ममा त्यस्ता धेरै क्यारेक्टर थिए, जसलाई दर्शकहरुले निकै रुचाए । जसमा काजोल र शाहरुखको प्रेम । अमिताभको रिस । जयाको तड्पाई । करीनाको स्टाइल । यी सबै कुराभन्दा पनि फिल्ममा अर्को एउटा खास क्यारेक्टर थिए, कृष । याद गर्नुहोस्, फिल्ममा शाहरुख र काजोलको छोराको भूमिका कसले गरेको थियो ? त्यही कृष । 
 
कृष अब ठूला भएका छन् । उनको वास्तविक नाम जिब्रान खान हो । जिब्रान पछिल्लो धेरै समयदेखि बलिउडमा डेब्यू गर्न खोजिरहेका छन् । उनी चाँडै नै करण जोहरको फिल्म 'ब्रह्मास्त्र'मा भाग लिँदैछन् । तर, यसमा ट्विस्ट यो छ कि यो फिल्मबाट जिब्रान अभिनेताको रुपमा बलिउडमा डेब्यू गर्ने छैनन् । यो फिल्ममा उनलाई चीफ असिस्टेन्ट डाइरेक्टर बनाइएको छ । 
 
 
भारतीय मिडियाका अनुसार, जिब्रानले करण जोहरलाई रोल दिनका लागि अप्रोच गरेका थिए । तर, करणले उनलाई फिल्ममा रोल दिन यस कारणले मानेनन् कि उनको अनुहार परिपक्क छैन । यही कारणले उनलाई केही समयसम्म पर्दाको पछाडि बसेर काम गर्न करणले सुझाब दिएका छन् । ‘कभी खुशी कभी गम’बाट नै करण जिब्रानको मार्गदर्शक बनेका थिए । 
Most Visited News (monthly)