मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पहिलो फिल्ममै विकिनीमा दीपिका

फिल्मीखबर, काठमाण्डौ, 2017/10/20
 
कात्तिक ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘ऐश्वर्य’बाट यतिबेला नव-नायिका दीपिका प्रसाई राम्रै चर्चामा छिन् । ‘तिमी रोएको पल’ बोलको गीतबाट सुन्दरताको तारिफ पाएकी दीपिका फिल्मको ट्रेलरमा विकिनीमा देखिएपछि त अझ उनको चर्चाले आकाश छोएको छ । ‘ऐश्वर्य’बाट उनी नेपाली रजतपटमा भित्रिन लागेकी हुन् । 
 
पहिलो फिल्ममा नै नव-नायिकाहरु विकिनीमा प्रस्तुत हुन चाहन्नन् । तर, दीपिका भने पहिलो फिल्ममा नै विकिनी लगाएर चर्चामा आएकी छिन् । सुरुमा त दीपिकाले विकिनी सिन दिन अस्वीकार गरेकी थिइन् तर कथाको माग अनुसार उनी खुसीपूर्वक विकिन लगाउन तयार भएकी थिइन् । फिल्मीखबर डटकमसँगको कुराकानीको क्रममा दीपिकाले भनिन्, ‘पहिलो फिल्ममा नै बोल्ड खाल्को क्यारेक्टर गर्न पाए हुन्थ्यो भन्ने चाहना थियो र कथावस्तु पनि त्यस्तै पाएँ । ‘ऐश्वर्य’मार्फत मेरो चाहना पुरा भयो ।’ 
 
‘ऐश्वर्य’मा सुपर मोडलको भूमिकामा देखिएकी दीपिका मोडलिङ पेशामा आवद्ध मोडलको भूमिकामा छिन् । फिल्मको ट्रेलर र टीजरमा उनको विकिनी अवतारमा फोटोसुट गरिएको दृश्य समावेश छ । फिल्ममा दीपिकाले रमेश उप्रेतीसँग रोमान्स गरेकी छिन् । 
 
सुदीप बरालले खिचेको यो फिल्ममा रमेश उप्रेती, प्रशान्त ताम्राकार, दीपिका प्रसाई, केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, केशव भट्टराई, विकास खतिवडा लगायतका कलाकारहरुको अभिनय छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । यो फिल्मलाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । 
 

ट्रेलर हेर्नुहोस् :-