मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्ता छन् ‘फाटेको जुत्ता’का हिट संवाद

फिल्मीखबर, काठमाण्डौ, 2017/10/19
 
कात्तिक १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको निकेश खड्का निर्देशित फिल्म ‘फाटेको जुत्ता’ बहुप्रतिक्षित बनिरहेको छ । फिल्मको आइटम सङ्ग र ट्रेलरले यतिबेला फिल्मको थप चर्चा चुलिएको छ । यो सँगै ट्रेलरमा समावेश केही संवादहरुले भने फिल्मप्रति दर्शकको थप ध्यान आकृष्ट गरिरहेको छ । 
 
हामीले ‘फाटेको जुत्ता’ ट्रेलरमा समावेश ७ रमाईला हिट संवादहरुलाई यहाँ प्रस्तुत गरेका छौं :-
 
१. ‘बेगर मुते बेगर थुके कोई फेमस हुँदैन मिन्टु भाईजी ।’ 
 
२. ‘आफ्नो हजबेन्डसँग यस्तो बोल्ने हो । पाई लागु भनेर खुट्टा छुने हो आफ्नो हजबेन्डको ।’ 
 
३. ‘कुखुरा चोर । तेरो हैसियत यो फाटेको जुत्ताले देखाइरहेको छ ।’ 
 
४. ‘भाख साला जिन्दगी । भगवानले पनि मेरो कहिले सुन्दैन यार । हे भगवान कहिले त आवाज देऊ ।’ 
 
५. ‘बाप परेशान बेटा से, देश परेशान नेता से ।’ 
 
६. ‘का मिन्टु भाईजी । साला लोकल मुर्गा भनेको लोकलै मुर्गा हो यहाँसम्म सेन्ट मारिराछ ।’ 
 
७. ‘कुखुरा कहाँ मुत्छ । इन्सान थोडी हो ।’ 
 
ट्रेलर हेर्नुहोस् :-
 

 
अर्जुन कुमारको निर्माणमा बनेको ‘फाटेको जुत्ता’ मा प्रियंका कार्की, सौगात मल्ल, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
 
फिल्मका गीतमा प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र राजिव समरको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको छ । फिल्ममा नायक दयाहाङ राई र नायिका वर्षा राउत केमियो भूमिकामा छन् ।