मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

कंगनालाई आमिरको साथ

एजेन्सी, मुम्बई, 2017/10/19
 
बलिउड अभिनेत्री कंगना रनौट र ऋतिक रोशनको मौखिक लडाईले यतिबेला बलिउड निकै तातेको छ । त्यस्तो कुनै पनि दिन आएको छैन, जुन दिन यी दुईको विषयमा चर्चा नहोस् । दुवैले एक अर्काको विरुद्धमा केही न केही अभिव्यक्ति दिइरहेका हुन्छन् । र, कोही पनि यो पत्ता लगाउन सकिरहेका छैनन् कि को गलत र को सही ?
 
यसैबीच सुपरस्टार फरहान अख्तर, यामी गौतम, करण जोहर, सोनम कपूर र रोहित राय जस्ता व्यक्तिहरुले ऋतिकको पक्षमा आफ्ना धारणहरु व्यक्त गरिसकेका छन् । उनीहरुले राखेको विचारप्रति कंगनाकी बहिनी रंगोलीले गतिलो जवाफ पनि फर्कासकेकी छिन् । 
 
हालैमा बलिउड आमिर खानले कंगनाको पक्ष लिदैँ कंगनालाई बलिउडमा बहिष्कार गर्नु गलत भएको बताएका छन् । आमिरले बलिउडमा कंगनालाई बहिष्कार गर्नु अनुचित भएको जिकिर गरेका छन् ।