मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा लाग्यो ‘रुद्रप्रिया’ र ‘रानी’

फिल्मीखबर, काठमाण्डौ, 2017/10/19
 
नेपालीहरुको महानपर्व तिहार र छठलाई लक्षित गर्दै आजबाट दुई नेपाली फिल्मले प्रदर्शन आरम्भ गरेका छन् । ‘रुद्रप्रिया’ र ‘रानी’ आजबाट प्रदर्शनमा आएका हुन् । ८ वर्षपछि पर्दामा फर्किएको रेखा थापा र आर्यन सिग्देल अभिनित फिल्म ‘रुद्रप्रिया’लाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् । फिल्मका कार्यकारी निर्माता रमेश एमके पौडेल हुन । 
 
फिल्ममा राजनराज सिवाकोटी, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ । सञ्जय लामा फिल्मका छायाँकार हुन् । रेखा फिल्मसको ब्यानरमा निर्माण भएको रेखा थापा प्रस्तुकर्ता रहेको फिल्म ‘रुद्रप्रिया’लाई रेखाकी आमा सरस्वती थापाले निर्माण गरेकी हुन् । यो फिल्ममा रेखा र आर्यनका अलावा राजन इशान, विश्व बस्नेत लगायतका कलाकारहरु पनि अभिनय छ । 
 
यस्तै, ‘रानी’ लाई पुराना निर्देशक दयाराम दाहालले निर्देशन गरेका हुन् । त्रिकोणात्मक प्रेम कथामा निर्मित यो फिल्ममा अनुप विक्रम शाही, मलिना जोशी, मनिषसुन्दर श्रेष्ठ, शारुक ताम्राकार लगायतका कलाकारहरुको मुख्य भूमिका छ । फिल्मका निर्माता विमलमान गुभाजु हुन् ।
 
पुरुषोत्तम प्रधान, मान कृष्ण महर्जन र सिसन बाँनियाको छायांकन रहेको ‘रानी’मा यम थापाको कथा, विजय घिमिरेको संगीत, बाबु थापा र शिशिर खातीको नृत्य निर्देशन रहेको छ । ‘रुद्रप्रिया’ र ‘रानी’ सँग नेपाली हलमा बलिउड फिल्म ‘सेक्रेट सुपरस्टार’ले पनि प्रदर्शन सुरु गरेको छ । ‘गोलमाल अगेन’ भने भोलीबाट प्रदर्शनमा आउँदैछ ।