मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कोहलपुर एक्सप्रेस’ बनाउँदै केकी

फिल्मीखबर, काठमाण्डौ, 2017/10/18
 
रेखा थापा, शिल्पा पोखरेल, निशा अधिकारी, ऋचा शर्मा, दीपाश्री निरौला, झरना थापा लगायतका नायिकाहरुले फिल्म निर्माणमा हात हालिसकेका छन् । यही भीडमा अर्की एक नायिका थपिएकी छिन्, केकी अधिकारी । फिल्म ‘कोहलपुर एक्सप्रेस’बाट उनी निर्मात्री बन्न लागेकी हुन् । 
 
स्रोतले फिल्मीखबर डटकमलाई दिएको जानकारी अनुसार, केकी कार्यकारी निर्माता रहने फिल्मलाई म्यूजिक भिडियो निर्देशक विशाल भण्डारीले निर्देशन गर्नेछन् । छठपछि फ्लोरमा जाने फिल्मको छायांकन बाँके जिल्लामा हुनेछ । फिल्मको विषयमा नायिका केकी अधिकारीले भने बताउन चाहिनन् । फिल्ममा नायिका केकी आफै मुख्य भूमिकामा रहने बताइएको छ । 
 
केकीसँगै फिल्ममा ऋचा शर्मा र प्रियंका कार्की पनि मुख्य भूमिकामा फाइनल भएको स्रोत बताउँछ । 'स्वर' फिल्मबाट नेपाली रजतपटमा भित्रिएकी नायिका केकीको फिल्मको पटकथा तथा संवाद शान बस्यालले लेखेका हुन् । अर्जुन पोखरेल, कालिपसाद बाँस्कोटा र राजनराज सिवाकोटीको संगीत रहने ‘कोहलपूर एक्सप्रेस’लाई अर्जुन तिवारीले खिच्नेछन् ।