मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रुद्रप्रिया’ कस्तो फिल्म ? यस्तो भन्छन् अधिवक्ता

फिल्मीखबर, काठमाण्डौ, 2017/10/18
 
कात्तिक २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको वर्षको प्रतिक्षीत फिल्म ‘रुद्रप्रिया’ले प्रियिमरमा राम्रो तारिफ पायो । एक महिलामाथि एसिड आक्रमण पश्चात उसको जीवनमा आउने उचार-चढावलाई फिल्ममा उतारिएको छ । रेखा थापा, आर्यन सिग्देल, राजन इशान लगायतका कलाकारहरु फिल्मका प्रमुख पात्र हुन् । 
 
मंगलवार आफ्नो ३० लाख बढी फलोअर्स रहेको फेसबुक लाइक पेजमा रेखाले दुई कानुन व्यवसायीसँग फिल्मको विषयमा बहस गरेकी छिन् । अधिवक्ताद्वय डिल्लीराज भट्ट र स्वागत नेपालले ‘रुद्रप्रिया’ले समाजमा घटिरहेको घट्नालाई रोचक तरिकाले प्रस्तुत गरेको बताए । फेसबुक लाइभमा बोल्दै अधिवक्ता डिल्लीराज भट्टले भने, ‘फिल्म ‘रुद्रप्रिया’ले उठाएको विषय नेपालका लागि मात्र होइन साउथ एसियाकै लागि सान्दर्भिक छ । ‘रुद्रप्रिया’ले समाजमा सकारात्मक सन्देश प्रवाह गर्छ भन्ने मलाई लाग्छ । गहन विषयलाई ‘रुद्रप्रिया’मा यूनिक तरिकाबाट प्रस्तुत गरिएको छ । सम्पूर्ण परिवारले एकपटक हेर्नु पर्ने फिल्म बनेको छ ‘रुद्रप्रिया’ ।’  
 
अर्का अधिवक्ता स्वागत नेपालले ‘रुद्रप्रिया’ भुत बिनाको हरर फिल्म रहेको बताए । उनले अगाडि भने, ‘यो वास्तविक फिल्मभित्र हरर फिल्म हेरे जस्तो महशुस हुन्छ । दर्शकको मनोविज्ञानलाई फिल्मले राम्रो समातेको छ । दर्शक चाहन्छन् कि भिलेनलाई मार्नु हुन्न तड्पाएर सजाय दिनुपर्छ । ‘रुद्रप्रिया’ले दर्शकको इच्छा पनि पुरा गरेको छ ।’ उनले दोषीलाई सजाय कसरि दिने भन्ने सिक्नेका लागि ‘रुद्रप्रिया’ हेर्न आग्रह गरे । 
 
अधिवक्ताहरुसँगको कुराकानीको क्रममा नायिका रेखा थापाले शारीरिक मात्र होइन अब मानसिक रुपमा पनि महिलाहरु अगाडि बढ्नु पर्छ भन्ने सोचका साथ ‘रुद्रप्रिया’ निर्माण गरेका बताइन् । यस्तै, नायक आर्यन सिग्देलले भन्छन्, ‘लभस्टोरी, ड्रामा र रिभेन्ज गरि तीन जनरामा ‘रुद्रप्रिया’ निर्माण भएको छ । यो कमर्सियल फिल्म हो तर वास्तविकतासँग निकै नजिक छ ।’
 
फिल्म ‘रुद्रप्रिया’लाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् । फिल्मका कार्यकारी निर्माता रमेश एमके पौडेल हुन् । फिल्ममा राजनराज सिवाकोटी, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ । सञ्जय लामा फिल्मका छायाँकार हुन् । रेखा फिल्मसको ब्यानरमा निर्माण भएको रेखा थापा प्रस्तुकर्ता रहेको फिल्म ‘रुद्रप्रिया’लाई रेखाकी आमा सरस्वती थापाले निर्माण गरेकी हुन् ।