मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो बन्यो सौगात र बेनिशाको ‘झ्यानाकुटी’ ट्रेलर

फिल्मीखबर, काठमाण्डौ, 2017/10/17
 
मंसिर १ गतेबाट प्रदर्शनमा आउन लागेको नायक सौगात मल्ल र नायिका बेनिशा हमाल अभिनित फिल्म ‘झ्यानाकुटी’को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । कमेडी संवादले भरिएको ट्रेलरमा सौगात र बेनिशाको केमेष्ट्री गज्जबको देखिन्छ ।
 
नायिका निशा अधिकारीले पहिलो पटक निर्माण गरेको यो फिल्मलाई सिमोस सुनवारले निर्देशन गरेका हुन् । फिल्म निर्माणमा निशालाई सिमोसले पनि सहयोग गरेका छन् । ट्रेलर रिलिज कार्यक्रममा बोल्दै नायिका तथा निर्मात्री निशा अधिकारीले सबैको सहयोगबाट ‘झ्यानाकुटी’लाई राम्रो फिल्म बनाउन सफल भएको बताइन् । फिल्ममा निशाले भने अभिनय गरेकी छैनन् । 
 
ट्रेलर रिलिज कार्यक्रममा सौगात र बेनिशासहित सम्पूर्ण कलाकार फिल्ममा लगाएको पहिरनमा उपस्थित भएका थिए । बेनिशाले साधारण रातो रंगको साडी-चोली लगाएकी थिइन् भने सौगातले खुम्चिएको सर्ट-पाइन्ट र शिरमा ढाका टोपी लगाएका थिए । फिल्मको फस्ट लुक पोष्टरमा नायिका बेनिशाले सौगात मल्ललाई काँधमा बोकेकी थिइन् । पत्रकारको आग्रह स्वीकार गर्दै बेनिशाले पत्रकार सम्मेलनमै सौगातलाई झण्डै १ मिनेट काँधमा बोकिन् । 
 
ट्रेलर सार्वजनिक कार्यक्रममा निशाले ‘झ्यानाकुटी फोटो कन्टेस्ट’को पनि घोषणा गरिन् । प्रिती नुडल्ससँग सहकार्यमा प्रेमिकाले प्रेमी काँधमा बोकेको वा श्रीमतिले श्रीमान बोकेको तश्वीर फेसबुकमा अपलोड गरेर सर्वाधिक वर्जिनल लाइक पाउने जोडीलाई ५१ हजार नगद हस्तारण गर्ने निशाले बताइन् । 
 
‘झ्यानाकुटी’मा सौगात र बेनिशाका अलावा पुष्कर गुरुङ, सुमि मोक्तान, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । निर्देशक आफैले सम्पादन गरेको फिल्ममा सनिश सुनवार र विकास चौधरीको संगीत सुन्न सकिन्छ । फिल्मका गीतहरु सनिश सुनवार र प्रदीप भारद्वाजले लेखेका हुन् । 
 
ट्रेलर हेर्नुहोस् :-