कयौ बलिउड फिल्ममा फरक-फरक भूमिका निर्वाहा गरेका अभिनेता कादर खान पछिल्लो समय छोरा बुहारीसँग क्यानडामा बस्दै आइरहेका छन् । कादर खान ७९ वर्षका भैसकेको छ । केही महिना अगाडि उनको निधन भएको खबर भाइरल भएको थियो । तर, उनले सोसल मिडियामार्फत आफू ठिक रहेको जानकारी दिएका थिए ।
उनका बुहारी शाइस्ता खानले एक अन्तर्वार्तामा भनेकी छिन्, 'अहिले बुबा कसैको साहरा बिना हिँड-डुल गर्न सक्नुहुन्न । उहाँलाई बोल्न पनि गाह्रो हुँदै आएको छ । उहाँ छोराको कुरा मात्र बुझ्नुहुन्छ । तर, उहाँले सबैलाई चिन्नुहुन्छ ।' कादर खानले आफ्नो करिअरको सुरुवात १९७२ मा प्रदर्शनमा आएको फिल्म 'दाग'बाट गरेका थिए ।
'दाग'पछि उनले अदालत, परवरिश, दो और दो पांच, याराना, खून का कर्ज, दिल ही तो है, कुली नं. १, तेरा जादू चल गया, किल दिलसहित सय बढी फिल्ममा अभिनय गरेका छन् । २०१५ मा प्रदर्शनमा आएको फिल्म 'हो गया दिमाग का दही'मा उनी अन्तिम पटक पर्दामा देखिएका थिए ।