मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक्सन फिल्मबाट कमब्याक गर्दै राज आर्यन

फिल्मीखबर, काठमाण्डौ, 2017/10/17
 
नायक राज आर्यन अब एक्सन फिल्मबाट कमब्याक गर्ने भएका छन् । 'लभ यु म्यान' र 'चियर्स' जस्ता फिल्ममा काम गरिसकेका राजलाई दर्शकहरुले पी.एन.पी. मिडिया हाउसको ब्यानरमा निर्माण हुन लागेको नयाँ फिल्ममा देख्न पाउने भएका हुन् । 
 
उनी विगत चार बर्षदेखि अस्ट्रेलियामा आफ्नो अध्ययनलार्इ निरन्तर दिइरहेका थिए । अहिले उनी नेपाल फर्केर नयाँ फिल्मका लागि धमाधम द्वन्द्व र बडी बिल्डिंगसँगै नृत्य सिकिरहेका छन् । अलग धारका फिल्म काम गर्न मन पराउने राजले आफुलाई मन परेको स्क्रिप्टमा मात्र काम गर्ने बानीले कम फिल्ममा अभिनय गरेको बताए । 
 
डेढ करोड लगानीमा बन्न लागेको उक्त फिल्ममा कलाकार पुस्करजंग थापाले लगानी गर्ने छन् । भारतमा ब्रिटिश साम्राज्यवादको युगमा भएको नेपालीहरुको सत्य घटनामा आधारित भएर फिल्म निर्माण हुनेछ ।