मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

जब रेखा र शिल्पाले अंकमाल गरे...

फिल्मीखबर, काठमाण्डौ, 2017/10/17
 
नेपाली फिल्मका बाघ निर्माता भनेर चिनिने छविराज ओझा र नायिका रेखा थापा झण्डै एक दशक श्रीमान-श्रीमतिको रुपमा जीवन वेथित गरे । पहिलो फिल्मबाट छविराज ओझाको हात समात्दै 'स्टार' नायिकाको रुपमा आफूलाई उभ्याएकी रेखाले बैबाहिक जीवनमा बाँधिएको १० वर्षपछि श्रीमान ओझाबाट टाढिने निर्णय गरिन् । 
 
अहिले रेखा पनि एक्लै छिन् अनि छविराज ओझापनि । रेखा तत्काल विवाह गर्ने मुडमा देखिएकी छैनन् तर छविराज ओझाको विवाह नायिका शिल्पा पोखरेलसँग फिक्स भैसकेको छ । संभवतः यसै वर्ष छविराज र शिल्पा बैबाहिक जीवनमा बाँधिनेछन् । सम्बन्ध विक्षेद भएको केही वर्षसम्म एक-अर्काको अनुहार समेत हेर्न नचाहेका रेखा र छवि अहिले नजिकिँदै गएका छन् ।
 
सोमवार राजधानीमा फिल्म 'रुद्रप्रिया'को प्रिमियर राखिएको थियो । फिल्ममा रेखा थापा र आर्यन सिग्देल मुख्य भूमिकामा छन् । प्रिमियरमा चलचित्रकर्मीहरुको भीड बाक्लिदै गर्दा टुप्लुक्क एकसाथ देखिए छविराज ओझा र शिल्पा पोखरेल । यी दुवैले मिडियाका क्यामेरा अगाडि एकसाथ तश्वीर खिच्न चाहेनन् । छवि शिल्पाबाट तर्किए जस्तो गरे अनि शिल्पा 'रुद्रप्रिया'को प्रिमियरका लागि तयार पारिएको भव्य स्टेजतर्फ लागिन् । 
 
रेखाले शिल्पालाई स्वागत गर्दै अंकमाल गरिन् । दुवैको अनुहारमा मुस्कान छल्किएको थियो । रेखा छविराजको पूर्व श्रीमति र शिल्पा हुनेवाला श्रीमति भएका कारण पनि रेखा र शिल्पाको अंकमालले प्रिमियरमा राम्रै ताली पायो । पहिलो पटक रेखा र शिल्पा यसरी एकसाथ भेटिएका हुन् । 
 
पत्रकारले छविराज ओझालाई पनि स्टेज चढाउन ठूलै कसरत गरे तर उनी जान मानेनन् । शिल्पा र रेखाको अंकमालबाट छवि मुख्ख देखिन्थे । रेखा छविराज क्याम्पबाट बाहिरिएपछि शिल्पाको फिल्ममा इन्ट्री भएको थियो ।