मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रिमियरमा ‘रुद्रप्रिया’ले पायो तारिफ

फिल्मीखबर, काठमाण्डौ, 2017/10/17
 
कात्तिक २ गते लक्ष्मीपूजाको दिनबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘रुद्रप्रिया’को भव्य प्रिमियर सम्पन्न भएकोे छ । सोमवार राजधानीको कुमारी हलमा आयोजना गरिएको प्रिमियरमा फिल्मका मुख्य कलाकार रेखा थापा, आर्यन सिग्देल, राजन इशानसँगै निर्देशक सुदिप भुपाल सिंह र फिल्मका कार्यकारी निर्माता रमेश एमके पौडेल पनि उपस्थित थिए । 
 
 
नायिका रेखा थापा आफ्नी आमा सरस्वती थापासँग पुगेकी थिइन् । प्रिमियरको मुख्य आकर्षण नै रेखा र आर्यन बनेका थिए । ‘रुद्रप्रिया’ हेर्न दयाहाङ राई, केकी अधिकारी, रिमा विश्वकर्मा, नीता ढुंगाना, आमेष भण्डारी, शोभित बस्नेत, अनुभव रेग्मी, खुश्वु खड्का, शिल्पा पोखरेल, छविराज ओझा, हेमराज विसी, रोहित अधिकारी लगायतका व्यक्तिहरु कुमारी हल पुगेका थिए । 
 
 
प्रिमियरमा ‘रुद्रप्रिया’ले उत्कृष्ट तारिफ पाएको छ । रेखा थापाले राजन इशानलाई एक थप्पड हानेपछि सुरु हुने उतार-चढावलाई फिल्ममा उतारिएको छ । रेखा थापा र आर्यनको रोमान्सदेखि राजन इशानको दमदार अभिनयले फिल्मलाई बलियो बनाएको छ । रेखा फिल्मस्बाट निर्माण हुने फिल्मको पहिलो पटक प्रिमियर गरिएको हो ।
 
 
तश्वीर : मिलन ढुंगाना