Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

३ करोड पटक हेरियो ‘कुटुमा कुटु’

फिल्मीखबर, काठमाण्डौ, 2017/10/16
 
पछिल्लो समय युट्युबको महत्व बढ्दै गएको छ । अहिले युट्युब गीत र फिल्मलाई कतिले मन पराए कतिले पराएनन् भन्ने कुरा मापन गर्ने यन्त्र जस्तै बनेको छ । पछिल्लो समय नेपालमा युट्युबको प्रभाव र प्रयोग राम्रैसँग भएको छ ।
 
पहिले मुश्किलले कुनै नेपाली गीतले लाख दर्शक पाउँथ्यो भने अहिले लाख पटक हेरिनु सामान्य बनेको छ । अहिले त  केही गीत करोड पटक पनि हेरिएका छन् । फिल्म 'दुई रुपैयाँ'मा समावेश ‘कुटुमा कुटु’लाई एक-दुई करोड होइन तीन करोड पटक हेरिएको छ । संभवतः यो रेकर्ड तोड्न अब नेपाली फिल्मका गीतलाई असंभव छ । 
 
असिम शाहको निर्देशनमा तयार भएको यो फिल्मको लोक लयमा आधारित गीतमा निर्देशक निश्चल बस्नेत, आशिफ शाह र नायिका स्वस्तिमा खड्काले नृत्य गरेका छन् । गीतमा राजनराज सिवाकोटीको शब्द-संगीत र स्वरमा राजनराजलाई मेलिना राई र राजन ईशानले साथ दिएका छन् । 
 
यसअघि राजनराजकै संगीतमा बनेको 'सुर्के थैली खै' र 'पूर्वपश्चिम रेल' गीतले युट्युबमा करोड भ्युज पाइसकेका छन् । यी तीनवटै गीतका एरेन्जर राजन ईशान हुन्। 'कुटुमा कुटु'सँगै राजनराजले युट्युबमा करोड भ्यू पाउन सफल गीतमा ह्याट्रिक मारेका छन् । 
 

गीत हेर्नुहोस् :-

 

Most Visited News (monthly)