मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रानी’ प्रचारमा बल्ल झुल्किए अनुप

फिल्मीखबर, काठमाण्डौ, 2017/10/16
 
केही वर्ष अगाडि नायक अनुपविक्रम शाही र पूर्व मिस नेपाल तथा नायिका मलिना जोशी गहिरो प्रेम सम्बन्धमा थिए । धेरै भएको छैन मलिना र अनुपबीचको प्रेमको सागर धमिलो भएको । अहिले उनीहरु प्रेमको बन्धनबाट छुटिसकेका छन् । तर, अचम्म के छ भने यी दुईले प्रेम सम्बन्धबाट टाढा रहने निर्णय गरेपनि फिल्ममा भने एकसाथ काम गरे । मलिना र अनुप अभिनित फिल्म ‘रानी’ कात्तिक २ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । 
 
एक म्यूजिक भिडियो र डिसहोमको विज्ञापनमा सँगै काम गरेका अनुप र मलिनाले फिल्म भने पहिलो पटक एकसाथ गरेका हुन् । अहिले मलिना अमेरिकामा छिन् भने अनुप नेपालमा छन् । केही दिन अगाडि मात्र अनुप लन्डनबाट नेपाल फर्किएका हुन् । फिल्म 'कमलेको बिहे'को प्रिमियरका लागि अनुप लण्न्नमा रहँदा मलिना फिल्म ‘रानी’को प्रचारमा राम्रै हिँडिन् । जब अनुप नेपाल फर्किए तब मलिना अमेरिका उड्नि । कतै यी दुई फिल्मको प्रचारमा एकसाथ देखिन नचाहेका त होइनन् ? 
 
आइवार राजधानीमा फिल्म ‘रानी’को विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अनुपले पत्रकारको जवाफको उत्तर दिँदै भने, 'हामीले लुकामारी गरेका छैनौ । पहिला जस्तो थियो आजपनि मलिनासँग मेरो सम्बन्ध उस्तै सुमधुर छ । ब्रेकअप भएपनि, प्याचप भएपनि वा साथीमात्र भएपनि हामी दुई निकै नजिक छौं । म लन्डन रहँदा मलिना नेपालमा फिल्म ‘रानी’को प्रचारमा रहनु र म नेपाल आएपछि उहाँ अमेरिका उड्नु यो संयोग मात्र हो ।' 
 
 
फिल्मको विषयमा जानकारी दिँदै अनुप भन्छन्, 'एउटा सरल कथावस्तुमा निर्माण भएको फिल्म हो 'रानी' । मैले यसअघि अभिनय गरेका फिल्महरुभन्दा 'रानी'मा मेरो भूमिका विल्कुलै फरक छ । फिल्ममा मैले एउटा इमान्दार प्रहरीको भूमिका निर्वाहा गरेको छु ।' फिल्मका नव-नायकद्वय मनिषसुन्दर श्रेष्ठ र शारुक ताम्राकारले ‘रानी’बाट निकै आशावादी रहेको बताए । सारुक र मनिष दुबै आफूहरुका लागि मलिना र अनुपको उपस्थित चुनौती नभएको बताउँछन् । 
 
यस्तै, निर्देशक दयाराम दाहाल भन्छन्, 'हाम्रो टीमको मिहिनेतबाट म के भन्न सक्छु भने ‘रानी’ राम्रो फिल्म बनेको छ । मैले यसअघि निर्देशन गरेका झण्डै ४५ वटा फिल्मभन्दा केही स्तरीय फिल्म बनाउने प्रयास गरेको छु ।' फिल्मका निर्माता भानु महर्जनले ‘रानी’ देशभर गरि कुल ६० बढी हलहरुमा प्रदर्शन हुने जानकारी दिए ।