मिति : २०८१ वैशाख ४, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यसरी हाने ‘रुम नं. १०८’ मा सलोनले र्‍याप

फिल्मीखबर, काठमाण्डौ, 2017/10/16
 
युवा पुस्तामाझ चर्चित नायक सलोन बस्नेतले आफ्नो स्वरमा रहेको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । ‘रुम नं. १०८’ बोलको गीतमा सलोन र अर्का नायक आमेष भण्डारीको स्वर सुन्न सकिन्छ । गीतमा कम्पोज सुरज ब्लुजको रहेको छ । यसअघि सलोनले आफू अभिनित फिल्म 'बाबु कान्छा'मा र्‍याप हानेका थिए । 
 
फिल्म ‘मेला’मार्फत पर्दामा एकसाथ देखिन लागेका सलोन र आमेष निकै मिल्ने साथी हुन् । सलोन बस्नेतको मुख्य भूमिका रहेको फिल्म 'बाबु कान्छा' मंसीर १५ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । 
 
शिशिर खातीको निर्देशन रहेको यस म्यूजिक भिडियोलाई पवन सुस्लिङले खिचेका हुन् । पर्फेक्ट प्लान इन्टरटेनमेन्टको प्रस्तुती रहेको गीतमा सलोन र आमेषसँगै गिरिश खतिवडा पनि फिचरिङ छन् । 
 

गीत हेर्नुहोस् :-