
युवा पुस्तामाझ चर्चित नायक सलोन बस्नेतले आफ्नो स्वरमा रहेको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । ‘रुम नं. १०८’ बोलको गीतमा सलोन र अर्का नायक आमेष भण्डारीको स्वर सुन्न सकिन्छ । गीतमा कम्पोज सुरज ब्लुजको रहेको छ । यसअघि सलोनले आफू अभिनित फिल्म 'बाबु कान्छा'मा र्याप हानेका थिए ।
फिल्म ‘मेला’मार्फत पर्दामा एकसाथ देखिन लागेका सलोन र आमेष निकै मिल्ने साथी हुन् । सलोन बस्नेतको मुख्य भूमिका रहेको फिल्म 'बाबु कान्छा' मंसीर १५ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।
शिशिर खातीको निर्देशन रहेको यस म्यूजिक भिडियोलाई पवन सुस्लिङले खिचेका हुन् । पर्फेक्ट प्लान इन्टरटेनमेन्टको प्रस्तुती रहेको गीतमा सलोन र आमेषसँगै गिरिश खतिवडा पनि फिचरिङ छन् ।
गीत हेर्नुहोस् :-

