मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

‘ह्याप्पी न्यु ईयर’को शिर्ष गीत रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2017/10/15
 
पुष १४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म 'ह्याप्पी न्यु ईयर'को पहिलो रोमान्टिक गीत रिलिज भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच फिल्ममा समावेश 'ह्याप्पी न्यु ईयर' बोलको गीत सार्वजनिक गरिएको हो ।
 
कलरफुल गीतको भिडियोमा फिल्मका नायक कुशल थापा र सन्ध्या केसी फिचरिङ छन् । विनोद ढकालको शब्द तथा संगीतमा तयार भएको गीतमा नवराज बस्नेतले स्वर सुन्न सकिन्छ । देवकुमार श्रेष्ठ निर्देशित यो फिल्मको अधिकांश छायांकन अष्ट्रेलियामा गरिएको हो । 
 
फिल्मलाई नायक कुशलकी श्रीमति रती थापाले निर्माण गरेकी हुन् । गीत सार्वजनिक कार्यक्रममा बोल्दै नायक थापाले 'ह्याप्पी न्यु ईयर'लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको बताए । यस्तै, नायिका सन्ध्या केसीले 'ह्याप्पी न्यू ईयर'को कथावस्तु उत्कृष्ट रहेको बताइन् । 
 
लभस्टोरी कथामा निर्मित यो फिल्ममा कुशल थापा, पुकार गौतम, सन्ध्या केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ । फिल्ममा अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेको छायांकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा छ । 
 
गीत हेर्नुहोस् :-