मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुनिल थापाको ‘अमेरिका बोइज’ घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2017/10/15
 
प्रवेश पौडेलको निर्देशनमा फिल्म ‘अमेरिका बोइज’ निर्माण हुने भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरियो । तिहारपछि फ्लोरमा जाने फिल्मको अधिकांश छायांकन नेपालमा नै हुने निर्देशक पौडेलले जानकारी दिए । यसअघि पौडेलले विभिन्न फिल्ममा सह-निर्देशकको रुपमा काम गरेका थिए । 
 
अर्पण थापा, सुनिल थापा (राते काईला), हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, श्रृष्टी कार्की लगायतका कलाकारहरुको अभिनय रहने फिल्मको कथा विवेक पाण्डेले लेखेका हुन् । प्रकाश भुजेल र अनुप थापा कार्यकारी निर्माता रहेको फिल्मको लागत दुई करोड रहने बताइएको छ । इन्द्र प्रसाद खरेल र डम्बर चन्द फिल्मका निर्माता हुन् । 
 
फिल्मको औपचारिक निर्माण घोषणा कार्यक्रममा बोल्दै निर्देशक प्रवेश पौडेलले ‘अमेरिका बोइज’ले ३ युवाले गर्ने एउटा गल्तीबाट उत्पन्न हुने समस्याको कथा बोल्ने बताए । उनले भने, 'नाम ‘अमेरिका बोइज’ भएपनि नेपालीहरुले देख्दै र भोग्दै आएको कथामा फिल्म निर्माण हुनेछ । फिल्मलाई राम्रो बनाउन सक्छौ भन्ने विश्वास छ ।' 
 
यस्तै, अर्पण थापाले भने, 'रेस्टुराँमा गएर धेरै बेर मेन्यू हेरेपछि अन्तिममा मो:मो अडर गरेको जस्तै छ फिल्मको कथा पनि । तीन युवाले भोग्ने समस्याको कथा फिल्मले बोल्छ ।' अर्का कलाकार सुनिल थापाले ‘अमेरिका बोइज’को कथावस्तु मन परेका कारण फिल्ममा काम गर्न लागेको बताए । फिल्मलाई अलोक सुक्लाले खिच्नेछन् । फिल्ममा निमेश श्रेष्ठको सम्पादन, दीपक आरजे र जयन जे वाइवाको संगीत सुन्न सकिनेछ ।