मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘रानी’मार्फत दुई युवाको फिल्मी डेब्यु

फिल्मीखबर, काठमाण्डौ, 2017/10/15
 
पछिल्लो समय नेपाली फिल्ममा युवा पुस्ताको उपस्थिति बाक्लो देखिन्छ । अनमोल केसीदेखि सलिनमान बनियाँसम्म नयाँ अनुहार नेपाली फिल्म उद्योगले आफ्नो काखमा पाइसकेको छ । यस्तैमा फिल्म ‘रानी’मार्फत दुई संभावना बोकेका नव-नायकहरु फिल्म क्षेत्रमा प्रवेश गर्दैछन्, शारुक ताम्राकार र मनिषसुन्दर श्रेष्ठ। 
 
शारुक ताम्राकार कलाकार सानु ताम्राकारका छोरा हुन्। त्यस्तै मनिषसुन्दर चाहिं अभिनेता शिव श्रेष्ठका भतिज हुन्। फिल्ममा समावेश गीत र ट्रेलरबाटै शारुक र मनिषसुन्दर दर्शकमाझ क्लिक भैसकेका छन् । यी दुईले अभिनय गरेको फिल्म ‘रानी’ कात्तिक २ गतेबाट प्रदर्शनमा आउँदैछ । 
 
आफ्नो डेब्यु फिल्म भएका कारण शारुक र मनिष ‘रानी’को प्रचार-प्रसारमा राम्रै दौडिएका छन् । चकलेटी अनुहारका यी दुई नव-नायकको फिल्मी करिअरको भविष्य भने ‘रानी’को बक्स अफिस कलेक्सनले तय गर्नेछ  
 
पुरुषोत्तम प्रधान, मान कृष्ण महर्जन र सिसन बाँनियाको छायांकन रहेको ‘रानी’मा यम थापाको कथा, विजय घिमिरेको संगीत, बाबु थापा र शिशिर खातीको नृत्य निर्देशन रहेको छ । 
 
फिल्मका निर्माता विमलमान गुभाजु हुन् । फिल्ममा नायक अनुप विक्रम शाही र मलिना जोशी पनि मुख्य भूमिकामा छन् । फिल्मलाई दयाराम दाहालले निर्देशन गरेका हुन् ।