मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रोमियो’ ट्रेलर रिलिज, निशा बनिन् यौनकर्मी

फिल्मीखबर, काठमाण्डौ, 2017/10/14
 
कात्तिक २४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘रोमियो’को ट्रेलर सार्वजनिक भएको छ । मस्ती, प्रेम, विछोडलाई ट्रेलरमा मुख्य स्थान दिइएको छ । ‘ल्याङ ल्याङ’ बोलको गीतका कारण चर्चामा रहेको फिल्मको ट्रेलर कलरफुल छ । ट्रेलरबाट के प्रष्ट हुन्छ भने फिल्ममा नायिका निशा अधिकारीले यौनकर्मी महिलाको भूमिका निर्वाहा गरेकी छिन् । जसको प्रेममा रोमियो उर्फ हसनराजा खान दिवाना भएका छन् । 
 
फिल्ममा हसनराजा खान, मेलिना मानन्धर, नीशा अधिकारी, ओसिमा बनु, विष्णु प्रतापको मुख्य भूमिका छ । त्रिकोणात्मक प्रेम कथालाइ उठान गरेको फिल्ममा अष्ट महर्जनको एक्सन, साहिल खानको सम्पादन, रामेश्वर कार्कीको छायांकन छ । 
 
शंकर कार्कीले फिल्मको निर्देशन गरेका हुन् । एचआरके प्रोडक्शनको निर्माणमा तयार भएको फिल्मका सह–निर्माता बिष्णु कार्की छन् । मिलन सापकोटा फिल्मका कार्यकारी निर्माता हुन् । 
 
ट्रेलर हेर्नुहोस् :