मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.67/5.00)
Text size:-
+
-

यस्तो छ सलोनको ‘मेला’ ट्रेलर

फिल्मीखबर, काठमाण्डौ, 2017/10/14
 
कात्तिक २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘मेला’को ट्रेलर रिलिज भएको छ । ‘मेला’ ट्रेलर कमेडी संवादले भरिएको छ । यसका संवाद र शैली यूवापुस्ताको मन जित्ने शैलीमा बनेको ट्रेलर हेरेर पनि प्रष्ट हुन्छ । सलोन बस्नेत, आमेष भण्डारी, अशिष्मा नकर्मी, बसन्त भट्ट, निरज श्रेष्ठ लगायतका कलाकारहरुको फिल्ममा अभिनय छ । फिल्मको ट्रेलरमा सलोन हाबी छन् । 
 
हरि पन्तको प्रस्तुतीमा तयार भएको यो फिल्मका निर्माता मनोज के मरोडिया हुन् । राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको फिल्म ‘मेला’ लाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । फिल्ममा पवित्रा आचार्यको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, हरी पन्तको स्टोरी, स्क्रिन प्ले र डाइलग रहेको छ । 
 

ट्रेलर हेर्नुहोस् :-