Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

सौगात कुखुरा चोर !

फिल्मीखबर, काठमाण्डौ, 2017/10/13
 
जस्तोसुकै भूमिकालाई जीवन्त ढंगमा प्रस्तुत गर्न सक्ने कलाकार हुन्, सौगात मल्ल । चाहे डनको भूमिका होस् वा साधारण गाउँले युवकको भूमिका नै किन नहोस् उनी सबैखाले भूमिकामा फिट हुन जानेका छन् । 'लूट'मा हाकुकालेको अभिनयबाट चर्चामा आएका सौगातको खातामा हिटभन्दा धेरै फ्लप फिल्मको संख्या झुण्डिएको छ । तर, आफ्नो दमदार अभिनयका कारण उनी गुममान हुनु परेको छैन । 
 
उनी अभिनित नयाँ फिल्म 'फाटेको जुत्ता' कात्तिक १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यो फिल्ममा उनले उटपट्याङ काम गर्ने मधेशी युवकको भूमिका निर्वाहा गरेका छन् । सौगात र प्रियंका कार्की फिल्ममा मुख्य भूमिकामा प्रस्तुत भएका छन् । फिल्मको ट्रेलर र दुई गीत रिलिज भैसकेको छ । अहिले सबैभन्दा बढी चर्चामा फिल्मको ट्रेलर छ । कमेडी रसले भरिएको ट्रेलरमा सौगातले बोलेका केही संवादहरु अहिले राम्रै हिट छन् । 
 
ट्रेलरको एक दृश्यमा प्रहरीले सौगात र उनका साथीहरुलाई भनेका छन्, 'साला कुखुरा चोरहरु अब यो कुखुराले मुत्ने भयो ।' सौगात जवाफ फर्काउँदै भन्छन्, 'कुखुरा कहाँ मुत्छ, इन्सान थोडी हो ।' सौगातले बोलेको यो संवादले जो कोहीलाई हाँसोको फोहोरा छुटाउँछ । ट्रेलरबाटै अनुमान लगाउन सकिन्छ कि फिल्ममा सौगातले कुखुरा चोरेको दृश्य पनि दर्शकहरुले देख्न पाउनेछन् । 
 
ट्रेलरबाट यतिबेला सौगातको सर्वत्र तारिफ भैरहेको छ भने फिल्मप्रति दर्शकको उत्सुकता थप बढ्दै गएको छ । अर्जुन कुमारको निर्माणमा बनेको ‘फाटेको जुत्ता’लाई 'जिन्दगी रक्स'का निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । फिल्ममा प्रियंका कार्की, सौगात मल्ल, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
 
फिल्मका गीतमा प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र राजिव समरको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको छ । फिल्ममा नायक दयाहाङ राई र नायिका वर्षा राउत केमियो भूमिकामा छन् ।
 
 
ट्रेलर हेर्नुहोस् :-
 

Most Visited News (monthly)