मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अक्षयको फिल्ममा अजय भित्रिए, किन बाहिरिए सलमान ?

एजेन्सी, मुम्बई, 2017/10/13
 
बलिउडका खिलाडी अक्षय कुमारको यस वर्ष दुई फिल्म प्रदर्शनमा आइसकेको छ । उनी चाँडै रजनीकान्तसँग फिल्म '२.०' मा देखिँदैछन् । योसँगै उनी सोनम कपूरसँग फिल्म 'प्याडम्यान'मा पनि देखिनेछन् । यस्तैमा उनले अर्को फिल्मको घोषणा गरेका छन् । सारागढीको युद्धमा आधारित अक्षय कुमार र करण जौहरको फिल्म 'केसरी' वर्ष २०१९ मा प्रदर्शनमा आउने घोषणा गरिएको छ । 
 
फिल्मको निर्माण केप अफ गुड होप फिल्म्स र धर्मा प्रोडक्शन्सले संयूक्त रुपमा गर्नेछ । करणको प्रोडक्शन हाउसले ट्विटर ह्यान्डलमा फिल्मको पोस्टर सार्वजनिक गर्दै 'केसरी'को बारेमा जानकारी दिएको छ । यसभन्दा अगाडि सलमान पनि यो फिल्मको निर्मातामा रहने खबर थियो तर पछि उनले यो फिल्मबाट हात झिकेका छन् । 
 
अक्षयले ट्वीट गर्दै लेखेका छन्, 'यस्तो फिल्म गर्न पाउँदा म निकै उत्साहित छु । 'केसरी' २०१९ को होलीमा प्रदर्शन हुनेछ ।' यस्तै, करणले ट्वीट गरे, 'यो ऐतिहासिक कहानीलाई पर्दा हेर्न निकै उत्साहित छु ।' अक्षय कुमार र करण जौहरको यो फिल्म ‘ब्याटल अफ सारागढी’ माथी आधारित हुनेछ । यो फिल्मलाई अनुराग सिंहले निर्देशन गर्दैछन् ।  
 
खबरका अनुसार, सलमानले हात झिकेपछि यो फिल्ममा अजय देवगन निर्माताको रुपमा भित्रिएका छन् । ‘ब्याटल अफ सारागढी’ माथी आधारित भएर यसअघि अजय देवगनले पनि ‘सन अफ सरदार २’को घोषणा गरेका थिए । केही समय अगाडि आफ्नो फिल्मको विषयमा कुराकानी गर्दै अजयले भनेका थिए,  ‘मलाई यो फिल्म सुरु गर्न केही समय लाग्छ । यदी मभन्दा अगाडि यो कथावस्तुमा कसैले फिल्म बनाउन चाहन्छ भने बनाउँदा हुन्छ मलाई कुनै गुनासो हुने छैन । म जुन तरिकाबाट यो कहानी बनाउन चाहन्छु त्यसका लागि मलाई केही समय लाग्छ ।’ 
 
सलमान र करणले जब अक्षयसँग मिलेर फिल्म निर्माण गर्ने घोषणा गरे तब अजय देवगनले सलमानलाई भेटेर आफ्नो गुनासो पोखेका थिए । सलमान र अजय निकै मिल्ने साथी हुन् । भारतीय मिडियाका अनुसार, सलमान खानले 'केसरी'बाट हात झिकेर अजय देवगनलाई निर्माताको रुपमा भित्राएका हुन् । करणको 'ऐ दिल है मुश्किल' र अजयको 'शिवाय' एकै मितिमा प्रदर्शन हुँदा यी दुईमा निकै ठुलो दुश्मनी उत्पन्न भएको थियो । तर, सलमानले यी दुईको दुश्मनी मित्रतामा परिणत गराएका छन् ।