मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो छ ‘कहिँ कतै’ को ट्रेलर

फिल्मीखबर, काठमाण्डौ, 2017/10/12

 

सविर श्रेष्ठको निर्देशनमा निर्माण भएको फिल्म ‘कहिँ कतै’को ट्रेलर रिलिज भएको छ । नोभेम्बर ६ मा भारतको पूर्वोत्तर राज्य सिक्किममा यो फिल्मको विश्व प्रिमियर हुँदैछ । फिल्मको नेपाल रिलिज डेट भने तय भएको छैन । ‘कहिँ कतै’ मा शिवानी गिरी, दिलिप रायमाझी, किशोर खतिवडा, सोनम बरफुङ्पा, उमा बेबी लगायतका कलाकारहरुको अभिनय छ ।

 

यो फिल्ममार्फत शिवानी र सोनम अभिनयमा डेब्यु भएका छन् । नेपाल र सिक्किममा छायांकन गरिएको फिल्मको ‘झ्वाइँया झान..’ बोलको रोमान्टिक गीत हिट भैसकेको छ । फिल्ममा दिलिप रायमाझी, किशोर र उमा महत्वपूर्ण भूमिकामा छन् ।

 

बाबु श्रेष्ठको छायांकन, अर्जुन जिसीको सम्पादन, सचिन सिंह र लक्की सिटौलाको संगीत, निर्देशक श्रेष्ठकै लेखन समावेश छन् । डोमेनिक सेभियो डिसुजासँग मिलेर उमाले फिल्म निर्माण गरेकी हुन् ।

 

ट्रेलर हेर्नुहोस् :-