मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कर्माको ‘गुडबाई काठमाडौं’ बुसानका लागि छनौट

फिल्मीखबर, काठमाण्डौ, 2017/10/12
 
लामो समयदेखि पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘गुडबाई काठमाडौं’ अन्ततः प्रदर्शनका लागि तयार भएको छ । निर्माण सुरु भएको करिब ७ वर्षपछि प्रदर्शनका लागि तयार भएको फिल्मले प्रदर्शनको सुरुवात भने कोरियाबाट गर्नेछ । यो फिल्म दक्षिण एसियाकै प्रतिष्ठित फिल्म फेस्टिभल बुसानका लागि छनौट भएको छ । 
 
बुसान फिल्म फेस्टिभलमा छनौट भएको फिल्म सोही फेस्टिभलका दिवंगत निर्देशकको नाममा स्थापित जिमजिसिओके अवार्डका लागि प्रतिस्पर्धामा रहेको छ । सो अवार्डका लागि एसियाबाट ५६ वटा फिल्म प्रतिस्पर्धामा रहेका छन् । ‘विन्डो अन एसियन सिनेमा’ शीर्षक अन्तर्गत रहेको प्रतिस्पर्धामा भारत, चीन, जापान, थाईल्यान्ड, अफगानिस्तान, फिलिपिन्स लगायतका देशका फिल्महरु सहभागी रहेका छन् । प्रतिस्पर्धामा विजेता बन्ने फिल्मले दस हजार डलर बराबरको पुरस्कार प्राप्त गर्नेछ ।
 
एक दशकअघि देशमा विद्यमान जनयुद्धको पृष्ठभूमिमा बनेको फिल्मले फरक फरक सपना बाँचेका तीन युवाको कथामा आधारित रहेको छ । बुसानमा आउँदो शुक्रबार फिल्मको वल्र्ड प्रिमियर हुँदैछ । निर्देशक नबिन सुब्बाले विश्वका केही प्रतिष्ठित अवार्डमा सहभागिता जनाइसकेपछि मात्र फिल्मको प्रदर्शन मिति तय गर्ने जानकारी दिएका छन् ।
 
फिल्ममा कर्मा, सुवर्ण थापा, निखिल गुरुङ, माल्विका सुब्बा, माला लिम्बू आदि कलाकारको अभिनय रहेको छ । राजेश गोङजु र शोभा चन्दको पटकथा रहेको फिल्मलाई शोभा चन्दले नै सम्पादन गरेकी हुन् । फिल्ममा सोहम ढकाल र पदम सुब्बाको लगानी रहेको छ ।