मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रेस ३’ मा सलमानले इन्टिमेट सिन दिन मानेनन्

एजेन्सी, मुम्बई, 2017/10/12
 
बलिउड अभिनेता सलमान खानले यो स्वीकार गरेका छन् कि उनी कहिलेपनि नेगेटिभ भूमिका निर्वाहा गर्ने छैनन् । योसँगै उनले अन-स्क्रिन लिपलक सिन दिन पनि अस्वीकार गरेका छन् । ‘रेस ३’ को सुत्रबाट बाहिरिएको खबरका अनुसार,  सलमानले यो फिल्मका लागि आफ्नो तर्फबाट केही सर्त राखेका छन् । स्क्रिप्ट फन्नी हुनु पर्छ, कुनैपनि इन्टिमेट सिन हुनु हुँदैन र कुनैपनि सिनमा ड्रग्सको प्रयोग गरेको राख्नु भएन ।  
 
सलमानले राइटर्स, डाइरेक्टर रेमो डी-सूजा र प्रोड्यूसर रमेश तौरानीसँग फिल्म कमेडी प्रधान बनाउन आग्रह गरेका छन् । सलमान सधै फेमिलीसँग हेर्न लायकको फिल्म बनाउन चाहन्छन् । यसैकारण उनी फिल्ममा इन्टिमेट सिन राख्न चाहँदैनन् । सुत्रका अनुसार, फिल्ममा एक सिन यस्तो राखिएको थियो, जहाँ सलमानले ड्रग्सले डिलिङ गर्नु पर्ने थियो । उक्त सिनलाई सलमानले हटाउन आग्रह गरेका छन् ।