मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिनेत्री रेखा थापा दुर्घटनामा

फिल्मीखबर, काठमाण्डौ, 2017/10/11
 
कात्तिक २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म 'रुद्रप्रिया'को प्रमोशनमा व्यस्त नायिका रेखा थापा कार दुर्घटनामा परेकी छिन् । बुधबार दिउँसो करीब सवा १२ बजे चावाहिलमा माल बाहक ट्रकले ठक्कर दिँदा रेखाको कारको धेरै भागमा ठूलो क्षति पुगेको छ । तर, रेखालाई ट्रकको ठक्करबाट कुनै क्षति भएको छैन ।
 
रेखाले आफू सकुशल रहेको बताएकी छिन् । दुर्घटना पश्चात रेखा र ट्रक चालकलाई गौशला प्रहरी वृत्त लगिएको थियो । प्राप्त जानकारी अनुसार, टीभी फिल्मीमा अन्तर्वाता दिएर मित्र पार्कमा रहेको अम्बे अर्पाटमेन्ट फर्किँदै गर्दा उनको कारलाई ट्रकले ठक्कर दिएको हो । रेखा अाफैँले कार हाँकेकी थिइन् । 
 
फिल्मीखबर डटकमसँग कुराकानी गर्दै रेखाले भनिन्, 'भगवानले मलाई बचाउनुभयो । चावहिलको जामबाट छुटेर मित्र पार्कतिर जाँदै गर्दा ट्रकले मेरो कार घिसारेर पल्लो छेउ पुर्‍यायो । ट्रकले ठक्कर दिएपछि मैले एकपटक सोचेको थिएँ अब म मरे । अझैसम्म पनि मेरो राम्रोसँग होस छैन । मेरो कार त केही बाँकी नै छैन । धन्न् मलाई केही भएन ।'