मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

अशिष्मा अब निर्मात्री, ‘लाखे भाजु’को गरिन् घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2017/10/10
 
केही वर्षयता नेपाली नायिकाहरु फिल्म निर्माण तर्फ अग्रसर भएको देख्न सकिन्छ । रेखा थापा, झरना थापा, शिल्पा पोखरेल, निशा अधिकारी, दीपाश्री निरौला लगायतका नायिकाहरुले नेपाली फिल्म निर्माण गरिसकेका छन् । यही भिडमा अर्की एक नायिका थपिएकी छिन्- अशिष्मा नकर्मी । तर, उनले नेपाल भाषामा निर्माण हुन लागेको फिल्मबाट निर्मात्री बन्न लागेकी हुन् । अशिष्मा प्रस्तुतकर्ता रहेको फिल्म ‘लाखे भाजु’को मंगलवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरियो ।
 
नेवार समुदायको परम्परागत लाखे नाचमा आधारित भएर फिल्म निर्माण हुने नायिका अशिष्माले बताइन् । लाखे नाच्ने एक यूवकको प्रेमकथा फिल्मले बोल्नेछ । फिल्ममा अशिष्मा मुख्य भूमिकामा छिन् । अशिष्माको अलावा फिल्ममा सोहित मानन्धर, मदनदास श्रेष्ठ, नगिना जोशी, कृष्णभक्त महर्जन लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । 
 
 
प्रदीप कुमार उदय परिकल्पनाकार रहेको फिल्मका निर्माता नरेन्द्र महर्जन, गोपालकाजी कायस्थ, चिजकुमार श्रेष्ठ, सुन्दरराज भण्डारी र दीपक श्रेष्ठ हुन् । ५० लाख लागतमा निर्माण हुने यो फिल्ममा सुशन प्रजापतिको छायांकन, मनराजा नकर्मीको संगीत, खड्ग बहादुर तामाङको नृत्य रहनेछ । फिल्मलाई आर्यम नकर्मीले निर्देशन गर्नेछन् । फिल्मको कथा पनि उनी आफैले लेखेका हुन् ।