मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘छक्का पन्जा ३’ घोषणा, दोहोरिनेछन् पुरानै कलाकार

फिल्मीखबर, काठमाण्डौ, 2017/10/10
 
हाल प्रदर्शन भैरहेको फिल्म 'छक्का पन्जा २' को पनि सिक्वेल निर्माण हुने भएको छ । गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म 'छक्का पन्जा'को सिक्वेल हो 'छक्का पन्जा २' । 'छक्का पन्जा'ले प्रदर्शनको सय दिन मनाउँदा १६ करोड कलेक्सन गरेको थियो । हाल दोस्रो सातामा प्रदर्शन भैरहेको फिल्म 'छक्का पन्जा २' ले अब पहिलो श्रृंखलाको १६ करोडको रेकर्ड मात्र तोड्न बाँकी छ । 
 
'छक्का पन्जा २' बाट पनि सफलता हात परेपछि फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले यसको तेस्रो सिक्वेलको पनि निर्माण घोषणा गरेका छन् । फिल्मको सफलताको खुसी साट्दै दीपकराज गिरीले अर्को वर्षको फूलपातीमा प्रदर्शन गर्ने गरि 'छक्का पन्जा ३' घोषणा गरे । यो फिल्मलाई पनि दीपाश्री निरौलाले निर्देशन गर्नेछिन् । 
 
दीपकराजले भने, 'अब हामी मह जोडीले निर्माण गर्न लागेको फिल्म 'शत्रुगते'को छायांकनमा व्यस्त हुँदैछौं । यो फिल्मको काम सकिएपछि 'छक्का पन्जा ३' को काम सुरु गर्ने तयारी छ । लगातार पाएको दर्शकको साथ र मायाले 'छक्का पन्जा'को तेस्रो भाग निर्माण गर्न उर्जा मिलेको हो ।
 
दीपकराज गिरीले 'छक्का पन्जा ३' मा '६ एकान ६' देखि 'छक्का पन्जा २' सम्म काम गर्ने पुरानै कलाकारहरुको अभिनय रहने पनि बताए । दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौडेल, प्रियंका कार्की, वर्षा राउत, केदार घिमिरे लगायतका कलाकारहरु यो फिल्ममा दोहोरिनेछन् ।