मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गीत जस्तै होला ‘ऐश्वर्य’ हिट ?

फिल्मीखबर, काठमाण्डौ, 2017/10/09
 
अहिले नेपाली फिल्मका शुभचिन्तकदेखि संगीतप्रेमी सबैको मुखमा गुञ्जिएको छ, ‘तिमी रोएको पल...’ । माया नगरीमा राम्रै हिट भएको यो गीत फिल्म ‘ऐश्वर्य’को हो । छठ पर्वको दिनबाट प्रदर्शनमा आउने यो फिल्मलाई गीतले प्रचारमा राम्रै सघाएको छ । यसले गर्दा प्रश्न यो उठेको छ कि गीत हिट हुँदै गर्दा फिल्म पनि हिट होला त ? 
 
हो, गीत संगीत उत्कृष्ट भएकै कारण धेरै फिल्मले बिजनेशमा बाजी मारेको रेकर्ड फिल्म क्षेत्रमा छ । 'नाई नभन्नु ल'का संस्करणदेखि 'छक्का पन्जा २' सम्म पछिल्ला उदाहरण हुन् । त्यसैले पनि ‘ऐश्वर्य’को व्यापारिक सफलताको लागि यो गीतले ठूलो अर्थ राखेको छ ।
 
त्यसो त गीत मात्र होईन, यो फिल्मको सार्वजनिक ट्रेलर तथा गीतको भिडियोमा देखिएका दृश्यले पनि तारिफ पोल्टामा पारिसकेको छ । जति पनि बाहिरिएका दृश्य छन् ती सबैले दर्शकको मन छोएको पाईएको छ । फिल्ममा समावेश 'तिमी रोएको पल' बोलको गीतलाई युट्युबमा ३० लाख भन्दा बढीले हेरिसकेका छन् । 
 
सुदीप बरालले खिचेको यो फिल्ममा रमेश उप्रेती, प्रशान्त ताम्राकार, दीपिका प्रसाई, केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, केशव भट्टराई, विकास खतिवडा लगायतका कलाकारहरुको अभिनय छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । यो फिल्मको कथा निर्देशक भट्टराई आफैले लेखेका हुन् । 
 

भिडियो हेर्नुहोस् :-