मिति : २०८१ वैशाख २८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

पल र आँचलको जोडी, हिट कि फल्प ?

फिल्मीखबर, काठमाण्डौ, 2017/10/08
 
'नाई नभन्नू ल ४' बाट ठूलो पर्दामा डेब्यू गरेको एक जोडी हो- नायक पल शाह र नायिका आँचल शर्मा । २ सयभन्दा बढी म्यूजिक भिडियोबाट गज्जबको फ्यान फलोइंग बनाएका पल र म्यूजिक भिडियोमार्फत युवा पुस्तामाझ परिचित बनेकी आँचललाई पहिलो फिल्मले नै ठूलो सफलता दिलायो । 'नाई नभन्नू ल ४' सफल भएपछि पल र आँचलको माग र चर्चाले आकाश छोयो । 
 
पहिलो फिल्मको सफलतापछि पल र आँचल दोस्रो फिल्ममा पनि सँगै देखिए । 'जोनी जेन्टलम्यान' उनीहरुद्वारा अभिनित दोस्रो फिल्म हो । यो फिल्म भाद्र ३० गते प्रदर्शनमा आएको थियो । पल अभिनित सुपरहिट फिल्म 'म यस्तो गीत गाउँछु' प्रदर्शनको २ महिनापछि हलमा लागेको 'जोनी जेन्टलमान'ले दर्शक रिझाउन सकेन । आँचल र पलको जोडीलाई दर्शकले रुचाएपनि फिल्मको कमजोर कथावस्तुले उनीहरुलाई सफलताको खुसीयाली साट्नबाट बन्चित गरायो । 
 
'जोनी जेन्टलम्यान'बाट पलको ह्याट्रिक मार्ने सपना अधुरै रह्यो भने आँचलको हिट नायिका बन्ने सपना क्षणभरमै तुहियो । पहिलो फिल्म हिट दिएका पल र आँचल दोस्रो फिल्म 'जोनी जेन्टलम्यान'बाट पनि सफलता हात पार्नेमा विश्वस्त थिए । तर, फिल्मले आधा प्रतिशत समेत लगानी नउठाउँदै हलबाट बाहिरियो । अहिले सिनेबजारमा पल र आँचलको जोडी हिट कि फल्प भन्ने चर्चा चल्न थालेको छ । 
 
अब यो जोडीले आफूलाई हिट सावित गर्न एउटा सफल फिल्म दिन आवश्यक छ । संभवतः पल र आँचल अभिनित नयाँ फिल्म 'शत्रुगते' यसै वर्ष प्रदर्शनमा आउनेछ । फिल्म 'शत्रुगते'ले पल र आँचलको जोडी हिट वा फल्प भन्ने कुराको निर्धारण गर्नेछ ।